बोचमा बस दुर्घटना: एक वृद्धाकाे मृत्यु

चरिकोट: डिजेल सकिएर राेकिएको बस दुर्घटना हुँदा एक वृद्व महिलाकाे मृत्यु भएकाे छ। बुधबार गैरीमुदीबाट काठमाडौं जाँदै गरेकाे बा ३ ख २९९७ नम्बरकाे बस दुर्घटना हुँदा बैत्यश्वर गाउँपालिका-३ कि ७० वर्षिय कुमारी तामाङकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ।

डिजेल सकिएर भीमेश्वर नगरपालिका-८, बाेचकाे चर्नावती खाेला नजिककाे उकालाेमा राेकिराखेकाे बस ‍ओत नाघेर दुर्घटना भएकाे प्रहरीकाे भनाई छ। बसमा ३ जना मात्र यात्रु रहेकाे र २ जनाले झ्यालबाट हामफालेर ज्यान जाेगाउन सफल थिए।

चालक र सहचालक डिजेल लिन भनेर करिब १० किलाेमिटरकाे दुरीमा रहेकाे सदरमुकाम चरिकाेट आएका बेला यो दुर्घटना भएको प्रहरीकाे भनाई छ। घटनास्थलमा डाेजर र एम्बुलेन्स लिएर प्रहरी पुगिसकेकाे छ। थप विवरण आउन बाँकी छ। उद्धार कार्य भइरहेको बस दुर्घटना स्थल पुग्नुभएका भीमेश्वर नगरपालिका वडा नम्बर ८ बोचका वडा अध्यक्ष नकुल केसीले जानकारी दिए । उनका अनुसार सो बसमा परि एक जना बालिक पनि गम्भिर घाइते उनले बताए ।

Shares