मिनि ट्रक दुर्घटना हुँदा विगुुका २ घाइते

बैशाख २३, चरिकोट । मंगलबार बिहान करिब १० बजे भीमेश्वर नगरपालिका–६, सिम्पानीमा मिनि ट्रक दुर्घटना हुँदा एक गम्भिर सहित २ घाइते भएका छन् ।

सदरमुकाम चरिकोटबाट कालिञ्चोकमा दाउरा लिन गएको बा३ख २३४३ नम्बरको मिनिट्रक दुर्घटना हुँदा मंगलबार बिहान दुर्घटना हुँदा विगु गाउँपालिका–७, विगुका १७ बर्षिय सुब्बा मगर र सोही स्थानका ३९ बर्षिय चालक निमा तामाङ घाइते भएको दोलखा प्रहरीले जनाएको छ ।
दुर्घटनामा १७ बर्षिय मगर गम्भिर घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते दुबैलाई चरिकोट प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको दोलखाका प्रहरी प्रवक्ता निरीक्षक रेशम बोहराले जानकारी दिए । ट्रक सडकबाट करिब २० मिटर तल गुल्टेका थियो । दुर्घटना भएको ट्रकको ठक्करबाट एनसेट दोलखाको तालिमकेन्द्रमा क्षति पुगेको प्रहरीले जनाएको छ

Shares

Be the first to comment on "मिनि ट्रक दुर्घटना हुँदा विगुुका २ घाइते"

Leave a comment

Your email address will not be published.


*