मिडिया काउन्सिल विधेयक सच्याउन दोलखाका सञ्चारकर्मीको माग

शेर बहादुर भुजेल

सरकारले ल्याएको मिडिया काउन्सिलविधेयकप्रति दोलखाकासञ्चारकर्मीहरुले आपत्ति जनाएका छन् । दोलखाको सदरमुकाम चरिकोटमा शुक्रबार आयोजित प्रस्तावित सुचना प्रविधि विधेयकको सान्दर्भिकता र औचित्यबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै सहभागिहरुले विधेयक खारेजी सममकोे माग गरेका छन् ।
मानवअधिकार सचेतनतथाविकास केन्द्र (हुराडेक) नेपाल दोलखाले सञ्चालन गर्दै आएको पारस्परिक जवाफदेहिता परियोजना र जवाफदेहिताका लागि गौरीशंकर युवा समुह दोलखाले आयोजना गरेको अन्तरक्रियामा जिल्लाका क्रियासिल सञ्चारकर्मीहरुले मिडिया काउन्सिल विधेयकको विरोध गरेका हुन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य चिरञ्जीवी मास्केले सूचना प्रविधि र मिडिया काउन्सिल विधेयकमा उल्लेख भएका विभिन्न विषय वस्तुको बारेमा सहभागीहरुलाई जानकारी गराउँनु भएको थियो ।
सूचनाप्रविधि सम्बन्धि विधेयक राष्ट्रिय सभामा २०७६ बैशाख २७ गते दर्ता भएको थियो । त्यति बेला विधेयकमा पत्रकारलाई २५ हजार देखि १० लाखसम्म जरिवाना गर्न सक्ने प्रावधान राखिएको थियो । तर संसदको विधायन समितिको माघ १३ गतेको बैठकले विधेयकबाट पत्रकारहरुलाई जरिवाना गर्ने प्रावधान हटाउने सहमति गरेको थियो । तर सोहि बैठकले पत्रकारहरुको परिक्षा लिने र प्रेस काउन्सीलमा नियुक्ति प्रकृया संसदले नभै सरकारल ेनै गर्ने सहमति भएपछि पत्रकार महासंघ लगायतका संघसंस्थाले यसको अझै पनि विरोध गरिरहेका छन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष जिवन लामाले सरकारले ल्याएको विधेयकले नागरिक अधिकारको कटौती गरी पत्रकारहरुलाई सरकारको कठपुतली बनाउने किसिमको भन्दै तत्काल यो विधेयक खारेज गरी नेपाल पत्रकार महासंघ लगायत अन्य सरोकारवाला निकायसँग छलफल र परामर्श गरी अर्को विधेयक ल्याउन माग गर्नु भयो । यस्तै नेपालपत्रकार महासंघका बागमती प्रदेश सदस्य रविन्द्र गौतमले पत्रकारहरुको परिक्षा लिने हो भने कुन निकायले लिने हो स्पष्ट उल्लेख हुनु पर्ने बताउनु भयो ।यसैगरी प्रेस संगठनका केन्द्रिय सदस्य दिलबहादुर केसीले सबै प्रेश स्वतन्त्रतामाथि नै अंकुश लगाउने ढंगले आएको विधेयकलाई पुर्नविचार गर्नु आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा प्रेस संगठन नेपाल दोलखाका सह संयोजक प्रभु जिरेलले पत्रकारहरुलाई स्वतन्त्र निकायको रुपमा हेरिएको अवस्थामा सरकारले बन्देज गराउन र आफ्नो नेतृत्वमा परिचालन गराउने हिसाबले विधेयक ल्याईएको हो की आशंकाको विषय भएकाले तत्काल सच्याउनुपर्नेमा जोड दिनुभयो ।
हुराडेक नेपाल दोलखाका सचिव जिवसराज खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा युवा सञ्चारकर्मी तथा जवाफ देहिताका लागि गौरीशंकर युवा समुहका कार्यक्रम संयोजक अर्जुन दहालले नागरिक अधिकार कुन्ठित हुने सरकारले ल्याएको विधेयक सच्याउनु पर्नेमा जोड दिनु भयो । उहाँले अहिले काम गर्ने सम्पुर्ण पत्रकारहरुले योग्यता प्राप्त गरेर नै पत्रकारिता पेशामा लागेको बताउनु भयो ।
कार्यक्रम दोलखाका विभिन्न सञ्चार माध्यममा कार्यरत २५ जनासञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । मिडिया काउन्सिल विद्येकको सर्वत्र विरोध भैरहेको अवस्थामा दोलखाली पत्रकारहरु एकजुट हुनुपर्नेमा सञ्चारकर्मीहरुले जोड दिएका छन् ।

Shares

Be the first to comment on "मिडिया काउन्सिल विधेयक सच्याउन दोलखाका सञ्चारकर्मीको माग"

Leave a comment

Your email address will not be published.


*