मासु र अण्डाको महत्व बुझाउँदै विद्यालयमा खुवाइयो अण्डा

ईश्वर बिश्वकर्मा
चरिकोट, पुस १२
दोलखाको बैतेश्वर गाउँपालिका–४ मैनापोखरीमा रहेको हमुन्तेश्वर माविमा मंगलबार अण्डा खुवाउने र मासु तथा अण्डाको महत्व बुझाउने कार्यक्रम सम्पन्न भएको छ । दशौँ पोल्ट्री दिवसको अवसरमा भेटेरिनरी अस्पताल तथा पशु विज्ञा सेवा विज्ञ केन्द्रले अण्डा तथा मासुको सेवनको महत्व बुझाउँदै शिक्षक तथा विद्यार्थीहरुलाई अण्डा खुवाएको हो । कार्यक्रममा विद्यालयका शिक्षक र विद्यार्थीसहित आठ सय भन्दा बढीलाई दुई वटाका दरले उसिनेको अण्डा वितरण गरिएको थियो ।
कार्यक्रममा केन्द्रका पशु विकास अधिकृत, डाक्टर धुव्र डिसीले अण्डा र मासुको महत्व बुझाउने र यसको उपभोग बढाउने उद्धेश्यका साथ विद्यालयमा अण्डा खुवाउने कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।

शारीरिक र मानसिक विकासका लागि प्रत्येक व्यक्तिले अण्डा र मासुको नियमित उपभोग गर्नु पर्ने उहाँले बताउनु भयो । पोषण र सन्तुलित आहारको रुपमा रहेको मासु र अण्डा सबै भन्दा सस्तोमा सर्वसुलभ तरिकाले पाइने र मानव स्वास्थ्यमा फाइदाका लागि चाहिने डाक्टर जिसीको भनाई थियो । उहाँले स्वस्थ र स्वच्छ मासु तथा अण्डाको सेवनले रोग प्रतिरोधि क्षमता बढाउने, मांसपेशी विकास गराउने, स्नायु प्रणाली तन्दुरुस्त राख्ने, हड्डी मजबुत बनाउने र मुटुरोगी सहित विभिन्न रोगीलाई समेत अण्डा सेवन महत्वपूर्ण हुने उल्लेख गर्नु भयो । विद्यालयका प्रधानाध्यापक भरत दाहालले पढाइमा विद्यार्थीको रुचि जगाउन र शैक्षिक अवस्था अब्बल बनाउन सन्तुलित आहारामा ध्यान दिइनु पर्ने बताउनु भयो । व्यक्तिले एक दिन मात्र होइन, प्रत्येक दिन पोषण मात्रा पुग्ने गरी सन्तुलित आहाराको सेवन गरी शारीरिक र मानसिक स्फूर्ति बढाइ दक्ष र स्वस्थ जनशक्ति बन्नु पर्नेमा उहाँले जोड दिनु भयो ।


“पोल्ट्री क्षेत्रको विकासमा सर्वपक्षीय सहभागिता, खाद्य र पोषण सुधारः हाम्रो प्रतिबद्धता“ भन्ने नारासहित पोल्ट्री दिवसको अवसरमा दोलखामा सप्ताहव्यापी रुपमा कार्यक्रमहरु भइरहेको छ । बागमती प्रदेशको कृषि अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको पोल्ट्री व्यवसायको वर्तमान अवस्थाको बारेमा समीक्षा गर्दै पोल्ट्रीजन्य उत्पादनको उपभोग प्रवर्द्धन गर्ने उद्देश्यले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको आयोजनामा विभिन्न कार्यक्रम भईरहेको हो । सरकारीस्तरबाट बाराको परवानीपुरमा निर्मित सेन्ट्रल ह्याचरीको उद्घाटन वि.सं. २०१७ साल पौष १७ गते भएको सन्दर्भमा उक्त दिनको ऐतिहासिक महत्त्वलाई दृष्टिगत गरी वि.सं २०७० सालदेखि हरेक वर्ष पौष १७ गतेलाई राष्ट्रिय पोल्ट्री दिवसका रूपमा मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइन्छ ।

Shares

Be the first to comment on "मासु र अण्डाको महत्व बुझाउँदै विद्यालयमा खुवाइयो अण्डा"

Leave a comment

Your email address will not be published.


*