मासुबाट कसरी सर्छ रोग ?

 

काठमाडाैं । दसैं विशेषगरी मासुको पर्व । जसमा मासुका विभिन्न परिकारहरू बनाएर खाने चलन छ । तर, मासुको परिकार बनाउँदा सानो लापरबाहीले गर्दा दसैंंमा विभिन्न रोगको जोखिममा परेर अस्पताल भर्ना हुनुपर्ने अवस्था आउन सक्छ । मासुमा १४ देखि २० प्रतिशतसम्म प्रोटिन पाइन्छ । जसमा जिंक, भिटामिन बि, पोटासियम जस्ता तत्वहरू पनि पाइन्छन् । यी तत्वहरू हाम्रो शरीरको लागि एकदमै आवश्यक तत्वहरू हुन् ।

मासुलाई राम्रोसँग सुरक्षित ढंगले राख्न नजान्दा त्यही मासुबाट विभिन्न खतरनाक रोगहरु सर्ने खतरा बढ्छ । मासुको प्रयोगले मानिसको संवेदनशील अंग मुटुमा समेत असर गर्नुका साथै उच्च रक्तचाप निम्त्याउने र क्यान्सरको सम्भावना पनि बढाउँछ ।

नेपालमा फोहोर बधशाला तथा मासु तयार पार्ने क्रममा ध्यान नदिँदा मानिसहरूमा धेरैजसो ब्याक्टेरियाको संक्रमण हुने  गरेको छ । त्यसैगरी, जुकाका लार्भाहरू शरीरमा प्रवेश गर्ने तथा मासु मार्फत विभिन्न प्रकारका सरुवा रोग  देखिने गरेका छन् । डेंगु लगायतका सरुवा रोगहरु देखिन्छन् । यस्तै कारणले गर्दा विभिन्न चार्डपर्वको समयमा धेरै ‘फुड प्वाइजन’का बिरामीहरु विभिन्न अस्पतालको आकस्मिक कक्षमा देख्न सकिन्छ ।

धैरैजसो वीर, शिक्षण र पाटन अस्पतालको आकस्मिक कक्षमा भीड देखिन्छ । सही तरिकाले नपकाएको मासु प्रयोग  गर्दा पेट ढुस्स हुने, झाडापखाला लाग्ने, आउँ, टाइफाइड, अजीर्ण तथा अपच भई बान्ता हुने, पेट फुल्नेलगायतका लक्षणहरू देखिन थाल्छ । यस्तो अवस्थामा कतिपयले घरमा नै उपचार गराउने गरेपनि कतिपय भने अस्पताल नै जानुपर्ने अवस्थामा पुग्छन् । तर, खानेकुरा खानेबित्तिकै यस्तो लक्षण देखिएमा घरमै उपचार गर्नुको सट्टा तत्कालै नजिकको स्वास्थ्य संस्थाहरुमा चेकजाँच गर्नु राम्रो हुन्छ ।

यस्ता विभिन्न रोगबाट बच्न व्यक्तिगत सरसफाई, प्रयोग गर्ने खानेकुरा र पकाएका खानेकुरा कसरी सुरक्षित गर्ने भन्ने ज्ञानको कमी हो । यसपालिको दसैंंमा आफ्नो स्वास्थ्यको ध्यान कसरी राखी पाहुनाको स्वास्थ्यमा समेत कसरी नकारात्मक प्रभाव पार्न नदिने हो भन्ने विषयमा केही साधारण कुरामा ध्यान दिन सकिएमा उपचार खर्चमा जोखिम कम गर्न सकिन्छ ।

दसैंंका लागि खसीबोका किन्दा हामीले केही आधारभूत कुरामा ध्यान दियौं भन्ने मासुबाट सर्ने रोगबाट बच्न सकिन्छ । हेर्दै अति दुब्लो, आँखा आवश्यकताभन्दा बढी रसिलो भएको, झोक्य्राएर बस्ने, फनफनी घुम्ने खसी बोका किन्नु हुँदैन । यस्ता लक्षणहरु खसीबोकाले बिरामी भएको बेला देखाउने गर्छन् । त्यस्तो खसीबोका किन्नु हुँदैन ।  हामीले खसी बोकाको बध, मासु पकाउने र भण्डारण गर्ने जस्ता कुरामा  ध्यान दियौ भने मासुजन्य रोगबाट बच्न सकिन्छ ।

मासुबाट मानिसमा कसरी रोग सर्छ ?  

  • फोहोरयुक्त र असुरक्षित बधशालाको मासु खाँदा
  •  लामो समयसम्म फ्रिजमा राखेको अथवा खुल्ला ठाउँमा राखेको खाँदा
  •  पकाएर धेरै दिनसम्म राखेको मासु खाँदा
  •  काट्ने अचानो सफा नभएमा
  •  नपाकेको काँचो मासु खाएमा
  •  पोलेको मासु खाएमा
  •  अस्वस्थ्यकर जनावर र पशुपन्छिको मासु खाँदा

मासु कसरी छान्ने ?

  •     मासुबाट कुनै पनि किसिमको गन्ध आउने हुनुहुँदैन ।
  •     हरियो तथा प्याजी रंगको मासु प्रयोग गर्नुहुँदैन ।
  •     लामो समयसम्म फ्रिजमा राखेको मासु प्रयोग गर्नु हुँदैन ।
  •     मासु किन्ने पसल, काट्ने मानिस, काटेको स्थान, अचानो, चलाएको हतियार, लगाएको पोशाक, काटेको तरिका तथा तराजु सफा छ कि छैन हेर्नुपर्छ ।

कस्तो मासु प्रयोग गर्ने ?

  •    लामो समयसम्म फ्रिजमा भण्डारण गरेर राखिएको मासु नखाने
  •     खुला स्थानमा राखेको मासु नखाने
  •     बासी मासु नखाने
  •     मासुलाई राम्रो सफा गरेर पकाएर मात्र खाने
  •     मासु धैरै नखाने
Shares

Be the first to comment on "मासुबाट कसरी सर्छ रोग ?"

Leave a comment

Your email address will not be published.


*