ज्यामिरेमा भासिएको सडक मर्मत पछि पूर्णरुपमा संञ्चालनमा

दोलखा — पुष्पलाल मार्ग अन्तर्गत दोलखाको मेलुङ गाउँपालिका– ७ सितली नजिकै ज्यामिरेमा भासिएको सडक मर्मत पछि पूर्णरुपमा संञ्चालनमा आएको छ । आज विहान सडक भासिएपछि राजमार्ग अवरुद्ध भएको थियो । पहिरो गएपछि मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार थोकर , वडाहरु अध्यक्ष नवराज खड्का , राजुकुसुम तथा सरकारी अधिकारीहरु सक्रियताले सो सडक पूर्णरुपमा सञ्चालनमा आएको हो । गाउँपालिकाका अध्यक्ष थोकर अनुसार सडक पुर्णरुपमा संञ्चालन भएको छ । यो सडक हुदै अहिले रामेछाप , ओखलढुंगा , खोटाङ , सोलुखुम्बु जिल्लामा जाने यातयात संञ्चालन हुने गर्दछ । खुर्कोटमा रहेको पुल बगाएपछि यो राजमार्गमा यातयातको चाप बढेको छ ।

Shares

Be the first to comment on "ज्यामिरेमा भासिएको सडक मर्मत पछि पूर्णरुपमा संञ्चालनमा"

Leave a comment

Your email address will not be published.


*