मानव अधिकारमा योगदान बापत २ पत्रकार सम्मानित

चरिकोट । दोलखाका अग्रज पत्रकार चिरञ्जिवी मास्के र क्रियाशिल पत्रकार रविन्द्र गौतम सम्मानित भएका छन् । पत्रकारिताको सहायताले मानव अधिकारको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै नेपाल मानव अधिकार संगठन, दोलखाले उनीहरुलाई   सम्मान गरेको छ ।
मास्के र गौतमलई मानव अधिकार शिक्षा सम्बन्धि प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि जिसस प्रमुख डबल पाण्डेले सम्मान–पत्रका साथै नगद प्रदान गरे । उनले मानवअधिकारको सुनिश्चित नभएसम्म राष्ट्रको सम्वृद्धि सम्भव नरहेको बताए ।मान्छेको बाच्न पाउने अधिकार मात्रले मानवअधिकार पुरा नहुने उल्लेख गर्दै जिसस प्रमुख पाण्डेले बाच्नका लागि आवश्यक गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा र विकासका पूर्वाधार समेत मानव अधिकार भित्रै पर्ने भएकोले त्यो सबैको ग्यारेन्टि राज्यले गर्नुपर्ने बताए ।
सम्मान–पत्र ग्रहण गर्दै पत्रकार मास्केले सम्मानले मानवअधिकारको विषय र क्षेत्रमा आफूलाई थप जिम्मेवारी थपिएको बताए । सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले मात्रै मानवअधिकार पालन गर्ने नभई निर्वा्चित जनप्रतिनिधिहरुले समेत जनतको आधारभूत आवश्यक्ताहरु पुरा गरी जिम्मेवार हुनुपर्ने बताए । सम्मानित पत्रकार मास्के नेपाल समाचार पत्रमा दोलखाबाट नेपाल समाचार लेख्नुहुन्छ भने गौतम अन्नपुर्ण पोष्टका पत्रकार हुन् ।
नोपल मानव अधिकार संगठनको आयोजनामा शनिवार सदरमुकाम चरिकोटमा सञ्चालन भएको एकदिने मानव अधिकार शिक्षा सम्बन्धि प्रशिक्षण कार्यक्रममा जिल्ला स्थित नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, विद्यार्थी र शिक्षकहरुको उपस्थिती रहेको नेपाल मानव अधिकार संगठन दोलखाका अध्यक्ष दिपशंकर चौलागाईले जानकारी दिए ।
कार्यक्रममा नेपाल मानव अधिकार संगठनका केन्द्रिय सदस्य प्रा.डा.गोविन्द ढकाल र अधिबक्ता कल्याण पोखरेलले प्रशिक्षण दिएका छन् ।

Shares

Be the first to comment on "मानव अधिकारमा योगदान बापत २ पत्रकार सम्मानित"

Leave a comment

Your email address will not be published.


*