माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको कन्ट्रोल बिल्डिङमा कार्यरत ५ जना बेपत्ता

दोलखा –माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको कन्ट्रोल बिल्डिङमा कार्यरत ५ जना बेपत्ता भएका छन्। अपर तामाकोशी हाइड्रोपावर कम्पनीले ५ जना बेपत्ता भएकालाई उद्धारका लागि सहयोग गरिदिन नेपाली सेनाको गरुडदल गणलाई पत्र लेखेको छ। बेपत्ता भएकामध्ये २ जना नेपाली सेनाका, २ जना कम्पनीका कर्मचारी, र १ जना सुरक्षा गार्ड रहेका छन्।

अविरल वर्षाका कारण आएको पहिरोले आयोजनाको बाँध क्षेत्रका संरचनाहरूमा क्षति पुर्‍याएको छ, जसले विद्युत् उत्पादनमा अवरोध सिर्जना गरेको छ। बिगु गाउँपालिका–१ लामाबगरस्थित माथिल्लो तामाकोशीमा पानीको बहाव उच्च भएपछि विद्युत् उत्पादन शुक्रबार साँझ ७ बजेबाट बन्द गरिएको छ। उद्धार कार्यका लागि हेलिकप्टर प्रयोग गर्न आग्रह गरिएको छ, जसको सम्पूर्ण खर्च हाइड्रोपावर कम्पनीले व्यहोर्ने जानकारी केन्द्र प्रमुख पूर्णगोपाल रञ्जितले दिएका छन्।

बाँधका सम्पूर्ण ढोका (गेट) खोलिएको छ, र बाँध नजिकैको नियन्त्रण कक्ष, बालुवा थिग्रयाउने पोखरी (डिस्याण्डर), र बाँधबाट डिस्याण्डरसम्म पानी पु¥याउने नहर (कल्भर्ट)मा पहिरोका कारण क्षति भएको अनुमान गरिएको छ। पहिरोका कारण जलाशय क्षेत्रमा ठूलो परिमाणमा ढुङ्गा र लेदो थुप्रिएको छ।

अपर तामाकोशी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहन गौतमका अनुसार, पहिरोले ती संरचनाहरूमा ठूलो क्षति पुर्‍याएको सम्भावना छ, र बाँधसम्म पुग्नका लागि प्रवेश मार्ग अवरुद्ध भएकाले स्थिति जटिल बनेको छ।

 

Shares

Be the first to comment on "माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको कन्ट्रोल बिल्डिङमा कार्यरत ५ जना बेपत्ता"

Leave a comment

Your email address will not be published.


*