माथिल्लो तामाकोसी आयोजनाद्धारा छुटेका शेयरधनीलाई हितग्राही खाता खोल्न आग्रह

चरिकोट(दीस)ः स्थानीयको हितग्राही खाता खोल्न सनराइज क्यापिटलका कर्मचारी माथिल्लो तामाकोशी जलविद्युत आयोजना स्थल गोंगरमा आउने भएका छन् । माथिल्लो तामाकोशीका हालसम्म हितग्राही खाता नभएका शेयर धनीहरुको हितग्राही खाता खोल्न क्यापिटलका कर्मचारीहरु आउने भएका हुन् ।
माघ २२ देखि २७ गते सम्म आयोजनाको कार्यालय गोंगरमा हितग्राही खाता खोल्न सकिने माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले बताएको छ । हितग्राही खाता नभएको खोली शेयर अभौतिकीकरण गर्न अपर तामाकोसी हाइड्रो पावर लिमिटेडले अनुरोध गरेको छ । शेयरधनीले नागरिकताको प्रमाणपत्रको प्रतिलिपी र पासपोर्ट साइजको फोटोसहित उपस्थीत हुन आग्रह गरेको छ । त्यसैगरी नाबालकको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी, पासपोर्ट साइजको फोटो, संरक्षकको नागरिकताको प्रतिलिपी र पासपोर्ट साइजको फोटो लिएर गोंगरमा उपस्थीत हुन आग्रह गरेको छ । शेयर भर्दा बुझाएको फर्मको अर्धकट्टी समेत अनिवार्य गरिएको आयोजनाले जनाएको छ ।

Shares

Be the first to comment on "माथिल्लो तामाकोसी आयोजनाद्धारा छुटेका शेयरधनीलाई हितग्राही खाता खोल्न आग्रह"

Leave a comment

Your email address will not be published.


*