माथिल्लो तामाकोसीको सेयर चेैतमा

चरिकोट–अप्पर तामाकोसी हाइड्रोपावर कम्पनीले २ अर्व ६४ करोड बराबरको सेयर चैतमा जारी गर्ने भएको छ ।दोलखाको बिगु गाउँपालिका १ लामाबगरमा निर्माणाधिन ४ सय ५६ मेगावाट क्षेमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको लागि चैत भित्रै सेयर निश्काषनको तयारी गरेको हो । दोलखाबासीलाई सेयर निष्कासनपछि र साधारण सेयर (आईपीओ) निश्कासन हुनेछ । आयोजनाको प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित दोलखावासीलाई र सर्वसाधारणलाई गरी २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ बराबरको २ करोड ६४ लाख ७५ हजार कित्ता आईपीओ निश्कासन गर्न लागेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले जानकारी दिए ।
दोलखावासीलाई १० प्रतिशतले हुनआउने १ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको १ करोड ५ लाख ९० हजार कित्ता सेयर निश्काषण हुन्छ । धितो पत्र बोर्डका प्रवक्ता निरज गिरीले कम्पनीसँग केही कागजात थप माग गरेकाले उसले त्यसको जवाफ दिने वित्तीकै शेयर निष्कासनका लागि अनुमति दिने बताए । आयोजनाको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटललाई नियुक्ति गरेको छ । २०७१ सालमा जिल्ला विकास समितिले गरेको सर्वेक्षण अनुसार दोलखाको कुल जनसंख्या २ लाख ८२ हजार १ सय २५ छ । जसमाअतिप्रभावित ‘क’वर्गमा ४ हजार ४ सय ३२, प्रभावित ‘ख’वर्गमा ८१ हजार ९ सय ९९ र जिल्लाको वाँकी क्षेत्रको जनसंख्या १ लाख ९५ हजार ६ सय ९४ रहेको छ । सेयर दामासायीवितरण गर्दा पनि जनसंख्याअनुसार अतिप्रभावित क्षेत्रका सर्वसाधरणले प्रतिव्यक्ति ९५ कित्ता, प्रभावित क्षेत्रकाले ४६ कित्ता र जिल्लाकावाँकी क्षेत्रका सर्वसाधरणले ३३ कित्ता सेयर पाउने अनुमानगरिएको छ । यता आयोजनाले २०७४ असार मसान्तसम्म ९५ प्रतिशतकाम सम्पन्न गरिसक्नु पर्ने लक्ष्य राखे तापनि पुसमसान्तसम्म आइपुग्दा ९४ प्रतिशत मात्र काम पूरा भएको छ ।
दोलखाबासीमध्ये सेयर लगानीका लागि लगानी गर्ने मितिसम्म जन्मेर जन्मदर्ता भएका बालबालीका र विवाह भई आएका महिलाले विवाहदर्ता प्रमाण पत्रकाआधारमा सेयर पाउँछन् । अन्यको हकमा दोलखा जिल्लाबासी भएको नागरिकता प्रमाण पत्र अनिवार्य चाहिन्छ । सेयर दिने प्रयोजनकाजिविस दोलखाले ३ वर्ष अघि संकलन गरेको तथ्याङ्कअनुसार दोलखाको जनसंख्या २ लाख ८० हजार ५ सय ८४ छ । जिल्लाविकास समिति दोलखाले सेयर बाँडफाँड तथानिष्कासन निर्देशिका २०७० मा ऋण लगानी सम्झौतामिति २०६४ माघ १५ गतेभित्र बसाई सरी दोलखा आएकोहरुले मात्र सेयर खरिद गर्न पाउने व्यवस्था उल्लेख छ ।
धितोपत्र बोर्डको स्विकृति आउना साथ सेयर निक्काषनका लागि आवस्यक प्रक्रिया अघि बढ्ने छ । प्रभावित क्षेत्रले बढी सेयर पाउने सहमती अघि नै भइसकेको आयोजनाले जनाएको छ ।
क, ख, वर्गलाई बढी सेयरको आक्षरण गरिएको छ । तर खदिर प्रक्रियामा सबैले न्यूनतम् ३ हजारको ३० कित्तादेखि बढीमा ३० हजारको ३ सय कित्तासम्म खरिद गर्न सक्ने छन् । सेयर खरिदका लागि जन्मेदेखि सबै दोलखाली सहभागी हुन सक्ने छन् । तर सबैको बैंक खाता अनिवार्य गरिने भएको छ ।
यसअघि नै कर्मचारी संचयकर्ता, नेपाल विद्युत प्राधिकरण र आयोजनामा कार्यरत कर्मचारी, ऋण लगानी गर्ने कर्मचारीहरुका लागि २ अर्व ५४ करोड बराबरको सेयर जारी गरिसकेको छ । कम्पनीले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, दुरसञ्चार प्राधिकरण र राष्ट्रिय विमा संस्थानबाट करिव २० अर्व रकम ऋण लिएको छ ।
आयोजनाको सुरु लागत ३५ अर्ब २९ करोड अनुमान गरिएको आयोजनाको निर्माण अवधी, अमेरिकी डलको मूल्यवृद्धि, बजार मूल्य लगायतका कारणले अहिलेसम्म करिब ४० अर्ब खर्च भइसकेको छ । आयोजना पूरा हुँदासम्म ४६ अर्ब खर्च हुने प्रक्ष्यपन गरिएको छ । बढ्दो व्याजदर र विनिमय दरका कारण कम्पनीको दायित्व बढेकाले लागत बढेको आयोजनाले जनाएको छ ।
आयोजना आउँदो २०७५ असारबाट पहिलो युनिन उत्पादन गरी २०१८ डिसेम्बरबाट व्यवसायिक उत्पादन गर्ने लक्ष्य राखेको छ । तर हाइड्रोमेकानिकलको ठेकेदार कम्पनीको ढिलासुस्तीले अपेक्षित लक्ष्य हाँसिल गर्न ठेस पुग्ने हो कि भन्ने आशंका पैदा भएको छ । हाइ«ोमेकानिकल अन्र्तगत पेनस्टक पाइप, बाँध र डिस्यान्डरका गेटहरुको काम पर्दछ ।
आयोजनाबाट उत्पादित विद्युत प्रशारण लाईनमा जोडिएसँगै सरकारले प्रतिमेगावट ५० लाख रुपैयाँको दरले अनुदान दिनेछ । राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी आयोजनाको गत पुससम्म ९४ प्रतिशत काम सम्पन्न भएको छ ।

Shares

Be the first to comment on "माथिल्लो तामाकोसीको सेयर चेैतमा"

Leave a comment

Your email address will not be published.


*