माथिल्लो तामाकोसीको पेनस्टक पाइपको काम सुरु

दीक्षण समाचार
दोलखा, १२फागुन
निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको पेनस्टक पाइप जडानको काम सुरु भएको छ । आयोजनाको लट २ अन्र्तगतको तल्लो र माथिल्लो दुवै ठाडो सुरुङमा पेनस्टक पाइप जडान सुरु भएको हो ।
४५६ मेगावाट क्षमताको आयोजनाको लट २ को भारतीय कम्पनी टेक्सम्याकोले गर्न नसकेपछि काम टुक्रयाएर अष्ट्रियन कम्पनी एन्द्रिजलाई दिएको डेढ महिनामै पाइप जडानको काम सुरु भएको छ ।
आयोजनाको तल्लो पेनस्टक साफ्टको पेनस्टक पाइप जडान र परीक्षणको काम एन्द्रिजले पाएको छ । तल्लो पेनस्टक साफ्ट ३७३ मिटरको ठाडो सुरुङ छ । आयोजनाको ३१० मिटरको माथिल्लो ठाडो सुरुङ सहित बाँकी काम टेक्सम्याको आफैंले गर्ने सहमति अनुसार उसले पनि पाइप जडानको काम सुरु गरेको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए । सम्झौता भए लगत्तै एन्द्रिजले काम सुरु गरेको थियो ।
दुवै साफ्टको सम्पूर्ण तयारी पूरा गरेर सुरुङको माथिबाट तल पाइप झारेर जडान सुरु भएको उनले बताए । अब पाइप जडानको काम सुरु भएकाले अब आयोजना समयमै बन्नेमा विश्वास बढेको प्रतिक्रिया दिए ।
पेनस्टक पाइप ढुवानी र जडानकै कारण आयोजनाको उत्पादन मिति लम्बिरहँदा आयोजना व्यवस्थापन, नेपाल विद्युत प्राधिकरण र ऊर्जा मन्त्रालयको पहलमा भएको वार्तापछि उक्त काम एन्द्रिजलाई दिने सम्झौता भएको थियो । गत पुसको तेस्रो हप्ता एन्द्रिजलाई तल्लो पेनस्टक साफ्टको काम दिने बारे त्रिपक्षीय सम्झौता भएको छ ।
आयोजनाको तल्लो पेनस्टक साफ्टको पेनस्टक पाइप जडान र परीक्षणको काम एन्द्रिजलाई दिएको हो । तल्लो पेनस्टक साफ्ट ३७३ मिटरको ठाडो सुरुङ छ । आयोजनाको ३१० मिटरको माथिल्लो ठाडो सुरुङ सहित बाँकी काम टेक्सम्याको आफैंले गर्ने गर्ने भएको छ । सम्झौता भए लगत्तै एन्द्रिजले काम सुरु समेत गरिसकेको छ ।
लट २ को ठेक्का लिएको टेक्सम्याको इण्डिया लिमिटेड एन्ड्रिजलले आफूले गर्न नसकेको काम समेत एन्द्रिजलाई दिन सहमत भएकाले सुनकोसी पावर हाउस खाडीचौरमा रहेको तल्लो पेनस्टकको पाइप समेत ढुवानी सकिन लागेको छ । “सुनकोसीमा ढुवानी हुन नसकेर राखेको पाइप अब ४÷५ वटा होला” उनले भने “त्यो पनि अब १५ दिन भित्र सकिन्छ ।” नयाँ सम्झौताले थप भार नपर्ने गरी बाँकी कामको ठेक्का दिएको उनले सुनाए ।
सिभिललगायत अन्य काम अन्तिम चरणमा पुगेका बेला लट २ को ठेकेदार टेक्सम्याकोका कारण आयोजना ढिलाइ हुन पुगेको छ । टेक्सम्याकोले अहिले कबुल गरेको काम समेत गर्न नसके ति पनि एन्द्रिजलाई दिन सक्ने स्थिति रहेको उनले बताए ।
पेनस्टक पाइपको काम बारे त्रिपक्षीय सम्झौतापछि अब २०७६ कार्तिकसम्म आयोजनाले विद्युत उत्पादन गर्न सक्ने विश्वास बढेको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए । आयोजनाको यही पुसमा विद्युत उत्पादन गर्ने लक्ष्य राखे तापनि पेनस्टक पाइप ढुवानी र जडानकै कामको ढिलाइले समय लम्बिएको हो ।
आयोजनाको हाइड्रोमेकानिकल अन्र्तगत टेक्सम्याकोले बाँध, इन्टेक र डिस्याण्डरमा गेटहरु, स्टपलगहरु, पेनस्टक पाइप आदीको डिजाइन, ढुवानी, जडान, परीक्षण र कमिसनिङ आदी पर्दछन् । आयोजनामा १ हजार १३४ मिटर पेनस्टक पाइप जडान गर्नु पर्ने छ । पेनस्टक पाइप जडान नभएका कारण सिभिलतर्फको ठेकेदार सिनो हाइड्रोले गर्नुपर्ने कंक्रिटिङको काम समेत रोकिएको छ ।
२०७३ साउनबाट उत्पादन सुरु गर्ने लक्ष्य राखेको आयोजनाले भुकम्पपछि संशोधिन गरी २०७५ असारबाट उत्पादन सुरु गर्ने लक्ष्य राखियो । तर लट २ कै कारण ९ महिना थप भयो । त्यो समयमा पनि पूरा नहुने भएपछि अहिले २०७६ कार्तिकसम्म परीक्षण उत्पादन गर्ने संशोधित कार्यतालिका बनाइएको छ । भुकम्प र नाकाबन्दी, डलरको मूल्यवृद्धि, बजार मूल्य र समय लम्बिदा हुने प्रशासनीक खर्च लगायतका कारण ३५ अर्ब २९ करोड अनुमानित लागत समेत बढेर व्याज सहित दोब्बर हुने अनुमान छ ।
आयोजनाबाट उत्पादन हुने बिजुली प्रसारण गर्न विद्युतगृह गोंगरबाट खिम्तीसम्म बिजुली जोड्नका लागि २२० केभी क्षमताको प्रसारण लाइनको काम भइरहेको छ । चार लटमा आयोजनाको काम भइरहेको छ । जसअनुसार आयोजनाको सिभिल निर्माणमा चीनको सिनो हाइड्रो कर्पोरेशन, हाइड्रोमेकानिकलमा टेक्सम्याको रेल एण्ड इन्जिनियरिङ लिमिटेड, इलेक्ट्रोमेकानिकलमा अष्ट्रियाको एन्ड्रिज हाइड्रो जीएमबी र प्रसारणलाइन तथा सवस्टेशन निर्माणमा भारतको केईसी इन्टरनेश्नल लिमिटेडले गरिरहेका छन् । तर फुलासीमा बनाउने सव स्टेशनको काम पनि ढिलाइ छ ।

Shares

Be the first to comment on "माथिल्लो तामाकोसीको पेनस्टक पाइपको काम सुरु"

Leave a comment

Your email address will not be published.


*