माथिल्लो तामाकोसीको कस कसले पाउँछन् स्थानीय सेयर,डिम्याट खाता ऐच्छिक

चरिकोट–२०७१ सालमा जिल्ला विकास समितिले गरेको सर्वेक्षण अनुसार दोलखाको कुल जनसंख्या २ लाख ८२ हजार १ सय २५ छ । जसमाअतिप्रभावित ‘क’वर्गमा ४ हजार ४ सय ३२, प्रभावित ‘ख’वर्गमा ८१ हजार ९ सय ९९ र जिल्लाको वाँकी क्षेत्रको जनसंख्या १ लाख ९५ हजार ६ सय ९४ रहेको छ । आयोजनाको २०७५ जेठ मसान्तसम्म ९६ प्रतिशत काम पूरा भएको छ ।
दोलखाबासी मध्ये सेयर लगानीका लागि लगानी गर्ने मितिसम्म जन्मेर जन्मदर्ता भएका बालबालीका र विवाह भई आएका महिलाले विवाहदर्ता प्रमाण पत्रका आधारमा सेयर पाउँछन् । अन्यको हकमा दोलखा जिल्लाबासी भएको नागरिकता प्रमाण पत्र अनिवार्य चाहिन्छ । तर जिल्ला बाहिर विहे गरेर गएका चेलीहरुले पनि सेयर पाउनबाट वञ्चित हुने सेयर दिने प्रयोजनकाजिविस दोलखाले ३ वर्ष अघि संकलन गरेको तथ्याङ्कअनुसार दोलखाको जनसंख्या २ लाख ८० हजार ५ सय ८४ छ । जिल्लाविकास समिति दोलखाले सेयर बाँडफाँड तथा निष्कासन निर्देशिका २०७० मा ऋण लगानी सम्झौतामिति २०६४ माघ १५ गतेभित्र बसाई सरी दोलखा आएकोहरुले मात्र सेयर खरिद गर्न पाउने व्यवस्था उल्लेख छ ।
क, ख, वर्गलाई बढी सेयरको आक्षरण गरिएको छ । तर खदिर प्रक्रियामा सबैले न्यूनतम् ३ हजारको ३० कित्तादेखि बढीमा ३० हजारको ३ सय कित्तासम्म खरिद गर्न सक्ने छन् । सेयर खरिदका लागि जन्मेदेखि सबै दोलखाली सहभागी हुन सक्ने छन् । आयोजनाले आर्थिक वर्षको मसान्त र मध्ये वर्षामा सेयर खोलेकाले स्थानीयबासीलाई भने केही असहज भएको छ । कम्पनी सचिव रामसुन्दर श्रेष्ठले भने साउन ९ गतेसम्म धेरैको आवेदन नपरेमा ३५ दिनसम्म लम्ब्याउन सकिने जानकारी दिए ।
यसअघि नै कर्मचारी संचयकर्ता, नेपाल विद्युत प्राधिकरण र आयोजनामा कार्यरत कर्मचारी, ऋण लगानी गर्ने कर्मचारीहरुका लागि २ अर्व ५४ करोड बराबरको सेयर जारी गरिसकेको छ । कम्पनीले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, दुरसञ्चार प्राधिकरण र राष्ट्रिय विमा संस्थानबाट करिव २० अर्व रकम ऋण लिएको छ । सर्वसाधारण र स्थानीयको सेयर संकलन नहुँदा नागरिक लगानी कोष र सञ्चय कोषबाट ऋण थप गरेरे ठेकेदारलाई भुक्तानी दिंदै आएको छ ।
आयोजनाको सुरु लागत ३५ अर्ब २९ करोड अनुमान गरिएको आयोजनाको निर्माण अवधी, अमेरिकी डलरको मूल्यवृद्धि, बजार मूल्य लगायतका कारणले अहिलेसम्म करिब ४० अर्ब खर्च भइसकेको छ । आयोजना पूरा हुँदासम्म ४९ अर्ब खर्च हुने प्रक्ष्यपन गरिएको छ । बढ्दो व्याजदर र विनिमय दरका कारण कम्पनीको दायित्व बढेकाले लागत बढेको आयोजनाले जनाएको छ ।
आयोजना आउँदो २०७५ असारबाट पहिलो युनिन उत्पादन गरी २०१८ डिसेम्बरबाट व्यवसायिक उत्पादन गर्ने लक्ष्य राखेको छ । तर हाइड्रोमेकानिकलको ठेकेदार कम्पनीको ढिलासुस्तीले अपेक्षित लक्ष्य हाँसिल गर्न ठेस पुग्ने हो कि भन्ने आशंका पैदा भएको छ । हाइ«ोमेकानिकल अन्र्तगत पेनस्टक पाइप, बाँध र डिस्यान्डरका गेटहरुको काम पर्दछ ।

डिम्याट खाता ऐच्छिक
अप्पर तामाकोसीका लागि दोलखाबासीले लगानी गर्नका लागि डिम्याट खाता ऐच्छिक हुने भएको छ । धितो पत्र ऐन २०७३ ले धितोपत्र खरिदमा सबैलाई डिम्याट खाता अनिवार्य गरे तापनि तामाकोसीको सेयरमा धेरैलाई सहभागी गराउन यस्तो व्यवस्था गरेको हो । सेयर आवेदन फाराममा डिम्याट खाता नं. र बैंक खाता नं. उल्लेख गर्ने व्यवस्था गरेको छ । माथिल्लो तामाकोसीको स्थानीय सेयर लगानीकर्ता सबैलाई पुरानै प्रणाली अनुसार प्रमाण पत्र वितरण हुने कम्पनी सचिव श्रेष्ठले जानकारी दिए ।

कहाँ कहाँबाट गर्न सकिन्छ आवेदन ?
साधारण सेयरमा अपर तामाकोशी आयोजना निर्माण स्थल गोंगर तथा चरिकोटमा रहेका कृषि विकास बैंक, सिटिजन्स बैंक, लक्ष्मी बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंक र महालक्ष्मी विकास बैंकको शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
यसैगरी, सेञ्चुरी कर्मर्सीयल बैंकको चरिकोट, सिंगटी र जिरी शाखा, मेगा बैंकको चरिकोट, मैनापोखरी र बागखोर शाखा, एनएमबि बैंकको किर्नेटार, प्राइम कर्मर्सीयल बैंकको जिरी र मैनापोखरी शाखाबाट पनि साधारण सेयरमा आवेदन गर्ने व्यवस्था गरिएको छ ।

आयोजनामा कसको कति छ स्वामित्व ?
आयोजनामा नेपाल विद्युत प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६, नागरिक लगानी कोष तथा राष्ट्रिय बिमा संस्थानको २ – २ प्रतिशत, कर्मचारी सञ्चयकोषको १७.२८, स्थानीयबासीको १० प्रतिशत, सर्वसाधारणको १५, कर्मचारी सञ्चय कोषका कर्मचारीको २.८८, कम्पनी र प्राधिकरणका कर्मचारीको ३.८४ प्रतिशत सेयर स्वामित्व रहनेछ ।

Shares

Be the first to comment on "माथिल्लो तामाकोसीको कस कसले पाउँछन् स्थानीय सेयर,डिम्याट खाता ऐच्छिक"

Leave a comment

Your email address will not be published.


*