माथिल्लो तामाकोशीको सेयर बाँडफाँट भयो ,न्यूनतम ३० देखि अधिकतम १०२ कित्ता सेयर पाए शेयर , लिस्ट सहित ……………………………

काठमाडौ–स्थानीय वासिन्दाका लागि खुलाइएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको साधारण सेयर (आईपीओ) आवेदकलाई न्यूनतम ३० देखि अधिकतम १०२ कित्ता सेयर परेको छ । सेयर निष्कासन गरेको करिब ४ महिनापछि कम्पनीले आवेदनका आधारमा सेयर बाँडफाँट गरेको हो ।
अति प्रभावित ‘क’ वर्गका ३० कित्तादेखि १०० कित्ता माग गर्ने आवेदकले मागबमोजिम पाए भने ११० देखि ३०० कित्ता माग गर्नेले १०२ कित्ताका दरले सेयर पाएका छन् । ख बर्गका ३० कित्ता माग गर्नेले ३० किता ४० कित्ता माग गर्नेले ३२ कित्ता र ५० देखि ३०० कित्ता माग गर्नेले ४८ कित्ता पाएका छन् ।

यस्तै ग वर्गका ३० कित्ता माग गर्ने लगानीकर्ताले ३० कित्ता, ४० कित्ता माग गर्नेले ४० कित्ता र सोभन्दा माथी अवेदन गर्नेले ३४ कित्ता पाएका छन् । कम्पनीले आयोजना प्रभावित दोलखावासीका लागि असार १६ देखि भदौ २१ गतेसम्म १ करोड ५ लाख ९० हजार कित्ता सेयरका लागि निवेदन आह्वान गरेको थियो । सर्वसाधारणलाई बिक्री गर्ने कुल २ करोड ६४ लाख ७५ हजार कित्तामध्ये १ करोड ५ लाख ९० हजार कित्ता स्थानीयलाई छुट्ट्याइएको सेयरमा २ लाखभन्दा बढी स्थानीय बासिन्दाबाट आवेदन परेको थियो ।

 

 

 

 

Shares

Be the first to comment on "माथिल्लो तामाकोशीको सेयर बाँडफाँट भयो ,न्यूनतम ३० देखि अधिकतम १०२ कित्ता सेयर पाए शेयर , लिस्ट सहित ……………………………"

Leave a comment

Your email address will not be published.


*