माथिल्लो तामाकोशीको बाँडफाँटमा नपरेको सेयरको रकम १९ गतेबाट फिर्ता हुने

काठमाडौँ । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले बाँडफाँटमा नपरेको सेयर रकम कात्तिक १९ गतेदेखि फिर्ता गर्ने भएको छ ।

साउन १६ देखि भदौ २१ गतेसम्म  दोलखाका आयोजना प्रभावित स्थानीयका लागि निष्काशन गरिएको सेयर कात्तिक १४ गते बाँडफाँट गरिएको थियो ।

बाँडफाँटमा ३० कित्ता देखि १०२ कित्तासम्म परेको थियो ।

त्यो भन्दा बढी आवेदन दिएकाहरुको रकम कात्तिक १९ गतेबाट फिर्ता हुने बिक्री प्रबन्धक नागरिक लगानीकोषले जनाएको छ ।

नेपाल क्लियरिङ हाउसको इन्टर बैंक पेमेन्ट सिस्टममा आबद्ध बैंक तथा वित्तिय संस्थामा अर्थात आवेदकले दरखास्त फारममा दिएको खाता नम्बरमा नै आइपिएस मार्फत सोझै रकम फिर्ता हुनेछ ।

यदी आइपिएस मार्फत पैसा फिर्ता हुन नसक्ने अवस्था छ भने लगानीकर्ताको रकम अकाउन्टपेयी चेकमार्फत सम्बन्धित बैंक खातामा उपलब्ध गराउने नागरिक लगानीकोषले भनेको छ ।

Shares

Be the first to comment on "माथिल्लो तामाकोशीको बाँडफाँटमा नपरेको सेयरको रकम १९ गतेबाट फिर्ता हुने"

Leave a comment

Your email address will not be published.


*