माथिल्लो तामाकोशीको निर्माण रोक्न स्थानीयको अल्टिमेटम

चरिकोट : साढे ९९ सय प्रतिशत निर्माण सम्पन्न राष्ट्रिय गौरवको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा ‘लकडाउन’ गर्न स्थानीयले अल्टिमेटम दिएका छन् ।

सरकारले एक हप्तादेखि गरिरहेको लकडाउनमा पनि आयोजनाको निर्माण कार्य निर्वाध रुपमा चलिरहेको छ। आयोजनाले निर्माण कार्य जारी राख्दा मानिसको आवतजावतले कोरोना भाइरसको संक्रमण हुनसक्ने भन्दै सरकारले गरेको लकडाउनको पूर्ण पालना गर्न विगु गाउँपालिका १ लामाबगरका स्थानीयले अल्टिमेटम दिएका हुन् ।

स्थानीय ६७ जनाले संयुक्त हस्ताक्षर गरी आइतबार साँझ आयोजनाको मुख्य कार्यालय गोंगरखोलामा निवेदन बुझाउँदै सरकारले गरेको ‘लकडाउन’ पूर्ण पालना गर्न अल्टिमेटम दिएका हुन् । आयोजना व्यवस्थापन र आयोजनाको मुख्य ठेकेदार कम्पनी सिनो हाइड्रोलाई सम्बोधन गरी दिइएको अल्टिमेटममा लकडाउनको पूर्ण पालना नभए भविष्यमा पर्न आउने जोखिमलाई आयोजना र सिनो हाइड्रोले व्यहोर्नु पर्ने उल्लेख छ ।

बाहिरी मान्छेको आवतजावतलाई रोक्नु र काम बन्द गर्नु भन्ने व्यहोराको स्थानीयको निवेदन प्राप्त भएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डा.गणेश न्यौपानेले जानकारी दिए । निवेदन उपर आयोजना व्यवस्थापनसँग छलफल गरेर ‘लकडाउन’ सम्बन्धि निर्णय गरिने प्रवक्ता डा. न्यौपानेले जनाए ।

Shares

Be the first to comment on "माथिल्लो तामाकोशीको निर्माण रोक्न स्थानीयको अल्टिमेटम"

Leave a comment

Your email address will not be published.


*