काठमाडौँ, २७ साउनः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को जारी स्थायी समिति बैठकमा सदस्यले स्थानीय तहलाई आधार बनाएर समाजवादको आधार तयार गर्नुपर्नेमा जोड दिनुभएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकका धारणा राख्ने सदस्यले जनताका समस्या र मुद्दामा केन्द्रित भएर जनपरिचालनको कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । उहाँहरुले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको अघिल्लो सरकारले थालेका सुशासन र समृद्धिका अभियानबाट वर्तमान सरकारलाई पछि हट्न नदिन खबरदारी गर्नुपर्ने धारणा राख्नुभएको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । “आजको आवश्यकताअनुसार पार्टीमा नयाँ पद्धति र प्रणाली विकास गरी पार्टीभित्रको मूल्याङ्कनको पद्धतिलाई व्यवस्थित बनाउनुपर्छ”, स्थायी समिति सदस्यको भनाइ उद्धृत गर्दै उहाँले भन्नुभयो । आजको बैठकमा १४ सदस्यले धारणा राख्नुभएको थियो । बैठकमा कमला रोका, पम्फा भसाल, उर्मिला अर्याल, शक्तिबहादुर बस्नेत, शशी श्रेष्ठ, हितमान शाक्य, ओनसरी घर्ती, पूर्णाकुमारी सुवेदी, कालीबहादुर मल्ल, महेश्वर गहतराज, प्रह्लाद बुढाथोकी, हकीकुल्ला खाँ, जयपुरी घर्ती र जोखमबहादुर महरलाले धारणा राख्नुभएको थियो । बैठक भोलि पनि चल्नेछ ।(रासस)
माओवादी बैठकः स्थानीय तहमार्फत सामाजवादको आधार तयार गर्नुपर्नेमा जोड
Posted By: दीक्षण दैनिक २७ श्रावण २०८१, आईतवार २०:१६
४ आश्विन २०८१, शुक्रबार १२:०४
पहिरोले सिंगटीको नवनिर्मित विद्यालयसहित बजार क्षेत्र नै जोखिममा
४ आश्विन २०८१, शुक्रबार १२:२९
प्रधानमन्त्री ओली न्युयोर्क प्रस्थान
४ आश्विन २०८१, शुक्रबार १०:१२
नदीजन्य पदार्थ उत्खनन रोकिँदा ढुङ्गा, गिट्टी, बालुवा चाल्ने मजदुर मारमा
४ आश्विन २०८१, शुक्रबार १०:३०
पाकेको धानमा वर्षा र हुरीले क्षति गरेपछि किसान चिन्तित
४ आश्विन २०८१, शुक्रबार १२:२२
दोलखामा मनाइयो संविधान दिवस
४ आश्विन २०८१, शुक्रबार १२:४६
सुरु भयो पदयात्राको याम
४ आश्विन २०८१, शुक्रबार १०:०३
प्रधानमन्त्री आज न्यूयोर्क प्रस्थान गर्नुहुँदै
४ आश्विन २०८१, शुक्रबार १३:१४
‘अस्पतालको समयमा चिकित्सक बाहिर जान नपाउने’
४ आश्विन २०८१, शुक्रबार १२:३६
Be the first to comment on "माओवादी बैठकः स्थानीय तहमार्फत सामाजवादको आधार तयार गर्नुपर्नेमा जोड"