माओवादी केन्द्र भीमेश्वर नगरपालिकामा नयाँ नेतृत्व

दीक्षण समाचार
चरिकोट, मंसिर १७
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) भीमेश्वर नगरपालिकाको प्रथम नगर सम्मेलन सदरमुकाम चरिकोटमा बिहीबार सम्पन्न भएको छ । सम्मेलनले तारानाथ चौलागाईँको अध्यक्षतामा ६५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा लावाधोर्जे तामाङ, महिला उपाध्यक्षमा कमला कार्की र वरिष्ठ उपाध्यक्षमा महेन्द्र नारायण श्रेष्ठ, सचिवमा रुक्मणी शिवाकोटी, सहसचिवमा राजु नेपाली रहनुभएको छ । कोषाध्यक्षको भने पछि टुङ्गो लगाइने माओवादी केन्द्रले जनाएको छ । पार्टीका केन्द्रीय सदस्य मुक्ति प्रधानले सम्मेलनको उद्घाटन गर्नुभयो । उहाँले माओवादी केन्द्र कमजोर हुँदा राष्ट्र नै कमजोर हुने भएकोले माओवादी मजबुत हुनुपर्ने सुनाउभयो । सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य एवं दोलखा जिल्ला इन्चार्ज देवी खड्का, नेताहरु नर पाख्रिन, कुलबहादुर बुढाथोकी लगायतले सम्बोधन गर्नुभएको थियो । सम्मेलन सुरु हुनुपूर्व कुसुले बाजा, थामी समुदायको मौलिक नाच, धामीझाँक्री नाच, मारूनी नाचसहितको जुलुस प्रदर्शन गरिएको थियोे । यो सगैँ जिल्लाको आठ पालिकामा माओवादीको गाउँ तथा नगर सम्मेलन सम्पन्न भएको छ । शैलुङ गाउँपालिकामा भने शुक्रबार सम्मेलन हुने बताइएको छ ।

Shares

Be the first to comment on "माओवादी केन्द्र भीमेश्वर नगरपालिकामा नयाँ नेतृत्व"

Leave a comment

Your email address will not be published.


*