माओवादी केन्द्रले ग¥यो सम्मान

चरिकोट(दीस) ः नेकपा माओवादी केन्द्र दोलखाले दोलखा चेम्बर अफ कमर्सलाई सम्मान गरेको छ । मंगलवार नेकपा माओवादी केन्द्रले एक कार्यक्रमको आयोजना गरी चेम्बर अफ कमर्सलाई सम्मान गरेको हो ।
दोलखा चेम्बर अफ कमर्सले दोलखा महोत्सवको आयोजना गरी सफलतापूर्वक सम्पन्न गरेकोले चेम्बर सदस्य तथा पदाधिकारीलाई सम्मान गरिएको नेकपा माओवादी केन्द्र दोलखाले बताएको छ । कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभाका सांसद गंगा कार्कीले दोलखा चेम्बर अफ कमर्सका अध्यक्ष विष्णु श्रेष्ठलाई सम्मान पत्र प्रदान गर्नु भएको थियो । सोही कार्यक्रममा उद्योग व्यापार महासंघले हालै सम्पन्न दोलखा उद्योग वाणिज्य संघको महासचिवमा निर्वाचित सुरेस उप्रेती, सदस्यहरु चक्र घतानी, रामकुमार खड्का, राजु श्रेष्ठ लगायतलाई पनि सम्मान गरेको थियो ।
सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै सांसद गंगा कार्कीले मुलुक नैं आर्थिक संकटतर्फ धकेलिई रहेको बेलामा दोलखा चेम्बर अफ कमर्सले महोत्सवको सफल आयोजना गरी दोलखाको आर्थिक क्रियाकलापलाई चलायमान बनाई प्रशंसा योग्य काम गरेको बताउनु भएको थियो । कार्कीले अन्तराष्टिूय आर्थिक मन्दीको प्रभाव तथा देश भित्रकै विसंगतीले गर्दा नेपालको अर्थतन्त्रमा समस्या देखिएको बताउँदै आन्तरिक विसंगति हटाउन वर्तमान सरकार क्रियाशिल रहेको बताउनु भयो । हाल देखिएको आर्थिक मन्दिबाट बाहिर निस्कन सबै मिलेर काम गर्न आवश्यक रहेको उहाँको भनाई थियो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र दोलखाका ईन्चार्ज विशाल खड्का, गौरीशंकर गाउँपालिकाका अध्यक्ष विश्वास कार्की, कालिञ्चोक गाउँपालिकाका उपाध्यक्ष कुल बहादुर बढाथोकी लगायतको उपस्थिति रहको थियो ।

Shares

Be the first to comment on "माओवादी केन्द्रले ग¥यो सम्मान"

Leave a comment

Your email address will not be published.


*