माउन्टेन बाईकिङ रेस (सिजन एक) को उद्धघाटन

चरिकोटः गणतन्त्र दिवस को अवसरमा अयोजित साहसिक माउन्टेन बाईक रेस(सिजन एक) को प्रतिनिधि सभाका सांसद गंगा कार्कीले उद्घाटन गर्नु भयो । भीमेश्वर नगरमा पर्यटन प्रबद्धन गर्ने उद्देश्यले यति ओरिजिन्स र भीमेश्वर नगरकालिकाको सहकार्यमा माउण्टेन बाईकिङ रेस सिजन एक) को आयोजना गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी कार्कीले साहसिक माउन्टेन बाइक रेस(सिजन एक) को आयोजनाले भीमेश्वर नगरपालिकालाई साहसीक खेल पर्यटनको केन्द्र बनाउन महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो । सातदोबाटो मा कार्यक्रमको उद्घाटन गरिएको थियो । कार्यक्रममा बागमती प्रदेश सभा सदस्य भरतबहादुर केसी, जिल्ला समन्वय प्रमुख बर्जुराम घतानी, भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वर नारायण मानन्धर, उप्रमुख कमला बस्नेत, भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक खतिवडा लागायतको उपस्थिति रहेको थियो । उद्घाटन समारोहको अध्यक्षता भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वर नारायण मानन्धरले गर्नु भएको थियो ।

Shares

Be the first to comment on "माउन्टेन बाईकिङ रेस (सिजन एक) को उद्धघाटन"

Leave a comment

Your email address will not be published.


*