महोत्सव सफल बनाउन उद्योग बाणिज्य संघले थाल्यो छलफललाई तीव्रता

चरिकोट(दीस)ः सदरमुकाम चरिकोटमा बृहत दोलखा महोत्सवकोे सन्दर्भमा परामर्श बैठक सम्पन्न भएको छ । शनिवार जिल्ला समन्वय समितिको सभा कक्षमा सो बैठक सम्पन्न भएको हो ।
दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष ईन्द्रबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकमा दोलखा महोत्सवलाई भब्यरुपमा सफल पार्न हालसम्म भए गरेका कार्यहरुका बारेमा जनानकारी दिइएको थियो । यसैगरी दोलखामा आर्थिक कृयाकलापलाई बढाउन तथा औद्योगिक क्षेत्रमा लगानी जुटाउन कसरी सकिन्छ भन्ने बारेमा पनि सहभागीहरुले आ आफ्नो धारणा राख्नु भएको थियो । बैठकमा दोलखामा लगानी बृद्धि गरी आर्थिक कृयाकलाप कसरी बढाउन सकिन्छ भन्ने बारेमा विर्ख क्षेत्रीले कार्यपत्र समेत प्रस्तुत गर्नु भएको थियो । छलफलमा जिल्ला समन्वय समितिका प्रमुख बर्जुराम घतानी, जिरी नगरपालिकाका प्रमुख मित्रबहादुर जिरेल, मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा थोकर,शैलुङ गाउँपालिका उपप्रमुख पार्वती थापा लगायतको सहभागिता रहेको दोलखा उद्योग वाणिज्य संघका सचिव प्रविन श्रेष्ठले जानकारी दिनुभयो ।

Shares

Be the first to comment on "महोत्सव सफल बनाउन उद्योग बाणिज्य संघले थाल्यो छलफललाई तीव्रता"

Leave a comment

Your email address will not be published.


*