महिला हिंसा हुन नदिन मदिरा निषेध गर्नुपर्छ ः उपप्रमुख बस्नेत

ईश्वर बिश्वकर्मा
चरिकोट, मङ्सिर ९
भीमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेतले महिला हिंसा हुन नदिन मदिरा निषेध गरिनुपर्ने बताएकी छिन् ।
चरिकोटमा सोमबार आयोजित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान विषेश कार्यक्रममा उनले समाजमा महिला हिंसाको प्रमुख जड मदिरालाई निषेध गर्नु पर्ने बताएकी हुन् ।
मदिरा पुर्ण रुपमा निषेध गर्न समय लाग्ने भएकाले सबैले प्रयास गरेमा घरेलु तथा लाइसेन्सवाला मदिरा नियन्त्रण भई समाजमा अप्रिय हिंसा नहुने उनले बताइन् ।
पछिल्लो समयमा चेतना बृद्धि भएता पनि व्यवहारमा लागु हुन नसेकोले महिला हिंसा बढेकाले समाजमा अझ सचेतना मूलक कार्यक्रम गरिनुपर्ने उनले बताइन् । उनले भनिन् “ हिंसा सहेर कसैले बस्नुहुदैन, कानुनी बाटोमा जानुपर्छ ।”
भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले भीमेश्वर नगरपालिकाको सम्बृद्धि महिलापुरुष र सबै जाति मिलेर मात्रै हुने भएकाले महिला हिंसा अन्त्यको अभियान नगरले सधैँ गरेको बताए ।
कार्यक्रममा दोलखाका प्रमुख जिल्ला अधिकारीले राज्यले महिलालाई प्राथमिकतामा राखेको बताए । समान काम समान ज्यालालाई व्यवहारमा लागु गर्नुपर्ने बताए । कार्यस्थलमा हुने हिंसा नियन्त्रणका लागि कानुन भएता पनि हिंसा लुकाउन आर्थिक लेनदेन सम्झौता गर्न नहुने र कानुनी बाटो नै रोज्नुपर्ने बताए ।
जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले लैङ्गिक हिंसा विरुद्धको अभियान चाडबाडजस्तो नभएको बताए । महिला हिंसा विरुद्धको अभियान निरन्तर चलाउनु पर्ने बताए ।
लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानका अवसरमा श्रमिक महिला र मर्यादित कामको अधिकार सम्बन्धी अन्तरक्रियामा भिमेश्वर नगरका वरिष्ठ सामाजिक अधिकृत नारायण प्रसाद सेढाईँले प्रस्तुतिकरण गरे ।
उनले बैदेशिक रोजगारीमा महिलाको अवस्था, चुनौती र सुरक्षित बैदेशिक रोजगार लगायतको विषयमा कार्यपत्र प्रस्तुत गरे । कार्यक्रम भीमेश्वर नगरपालिकाको समन्वय र पौरखी नेपाल लगायत संस्थाको आयोजनामा भएको थियो ।

“ समानताको पुस्ता ः बलात्कार बिरुद्ध ऐक्यबद्धता” भन्ने मुल नाराको साथ लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको अवसरमा भीमेश्वर नगरपालिकाको सबै वडामा सचेतना मूलक कार्यक्रम गरिने बताइएको छ । अन्तरक्रिया कार्यक्रम, सडक नाटक, दिप प्रज्वलन, अभिमुखीकरण कार्यक्रम र ¥यालीको आयोजना गरिने अभियान उपसमितिले जनाएको छ ।

Shares

Be the first to comment on "महिला हिंसा हुन नदिन मदिरा निषेध गर्नुपर्छ ः उपप्रमुख बस्नेत"

Leave a comment

Your email address will not be published.


*