महिला स्वास्थ्य स्वयमसेविकालाई छाता

ईश्वर बिश्वकर्मा
चरिकोट, जेठ ३१
दोलखाको भीमेश्वर नगरपालिकाका वडा नम्बर २ का महिला स्वास्थ्य स्वयमसेविकालाई शनिबार छाता वितरण गरिएको छ ।
वडामा रहेको दोलखा स्वास्थ्य चौकी अन्र्तगतका ९ जना महिला स्वास्थ्य स्वयमसेविका र एकजना कार्यालय सहयोगीलाई युवा व्यवसायी तथा समाजसेवी चन्द्र भुवन श्रेष्ठको सहयोगमा ओढ्ने छाता वितरण गरिएको हो ।वर्षा लागेसगैँ सम्मान स्वरुप महिला स्वास्थ्य स्वयमसेविकालाई छाता वितरण गरिएको युवा व्यवसायी तथा समाजसेवी श्रेष्ठले बताए । छाता वितरण कार्यक्रममा वडाध्यक्ष विराज मान श्रेष्ठले समाजकाे स्वास्थ्यप्रति सजग भइ काम गर्ने महिला स्वयमसेविकालाइ वडाले सधैँ सम्मान गर्ने बताए ।

Shares

Be the first to comment on "महिला स्वास्थ्य स्वयमसेविकालाई छाता"

Leave a comment

Your email address will not be published.


*