महिला सामुदायिक स्वाथ्य स्वयंसेविका दिवस मनाइयो

चरिकोट(दीस)ः दोलखामा विभिन्न कार्यक्रमका साथ २० औ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका दिवस मनाइएको छ । जिल्ला का विभिन्न स्थानीय तहहरुमा मंगलवार सो दिवस मनाईएको हो ।
जिल्लाका भीमेश्वर नगरपालिका, मेलुङ गाउँपालिका लागायतका स्थानीयतहरुमा विविध कार्यक्रमका बीच महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको स्थानीयतहहरुले जनाएका छन् । भीमेश्वर नगरपालिकाले स्वयंसेविका दिवसको अवसरमा ११४ जना महिला स्वयंसेविकाहरुलाई सम्मान गरेको तथा ६० वर्ष कटेका १० जेष्ठ स्वयंसेविहरुलाई नगद २० हजार सहित विदाई गरको भीमेश्वर नगरपालिकाले बताएको छ । यसैगरी मेलुङ गाउँपालिकाले १६५ जना स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान पत्र प्रदान गर्नुका साथै ६० वर्ष उमेर कटेका ३५ जना जेष्ठ स्वयंसेविकाहरुलाई २० हाजार नगद पुरस्कार सहित विदायि गरेको मेलुङ गाउँपालिकाले बताएको छ । जिल्लाका अन्य स्थानीयतहहरुले पनि विविध कार्यक्रमका साथ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाएको बताइएको छ । २० औ राष्ट्रिय महिला सामुदायिक स्वास्थय स्वयंसेविका दिवसको नारा “स्वास्थ्य क्षेत्रको दीगो विकास,सामुदायिक स्वास्थ्य स्वयम् सेविकाको संयुक्त प्रयास” रहेको थियो ।

Shares

Be the first to comment on "महिला सामुदायिक स्वाथ्य स्वयंसेविका दिवस मनाइयो"

Leave a comment

Your email address will not be published.


*