महिला सशक्तिकरण सम्बन्धी २ दिने कार्यक्रम सम्पन्न

चरिकोट (दीस) – महिला सशक्तिकरण सम्बन्धी २ दिने कार्यक्रम शनिबार सम्पन्न भएकाे छ । अनुपम टोल सुधार समिति दोलखाको आयोजना तथा भीमेश्वर नगरपालिका वडा नं. ५ को आर्थिक सहयोगमा वडा नं. ५ का वडा अध्यक्ष रामचन्द्र बस्नेतको अध्यक्षतामा सो कार्यक्रम भएको हो । कार्यक्रममा भीमेश्वर नगरपालिकाका प्रमुख भरत बहादुर के.सी., उपमेयर कमला बस्नेत, वडा नं.३ का वडा अध्यक्ष हरिशरण शिवाकोटी, वडा नं. ४ का वडा अध्यक्ष हरिवंश चौलागाईंले आफ्नो मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा ८१ जना युवा महिलाहरुको सहभागिता रहेको थियो ।  कार्यक्रमको सहजीकरण कुमार विश्वकर्मा, दुर्गामान विश्वकर्मा, जानुका न्यौपाने र भीमेश्वर नगरपालिकाका सामाजिक विकास अधिकृत नारायण सेढाई, प्रशासकीय प्रमुख मान बहादुर खड्काले गरेका थिए ।  उक्त कार्यक्रममा अगामी दिनमा महिलाहरुलाई पनि अर्थोपार्जनका क्षेत्रमा संलग्न गराउँदै लैजानका लागि उद्यमशीलता भनेको के हो ,कसरी उद्यमी बन्न सकिन्छ, महिला उद्यमशीलताका लागि स्थानीय, प्रदेश र संघीय सरकारका नीतिगत व्यवस्था, प्राथमिकता, उद्यमशीलताका अवसर तथा चुनौती के कस्ता छन् भन्ने विषयमा आधारभूत जानकारी गराई महिलाहरुलाई उद्यमशील बन्न सशक्तिकरणका लागि व्यापक छलफल भएको थियो ।

Shares

Be the first to comment on "महिला सशक्तिकरण सम्बन्धी २ दिने कार्यक्रम सम्पन्न"

Leave a comment

Your email address will not be published.


*