महिला विश्वकपको खेलतालिका सार्वजनिक

एजेन्सी । फिफा महिला विश्वकपको पहिलो खेलमा आयोजक फ्रान्सले आगामी जुन ७ मा दक्षिण कोरियासँग प्रतिस्पर्धा गर्ने भएको छ ।
पेरिसमा भएको ‘ड्र’अनुसार फ्रान्स र कोरियासँगै समूह ‘ए’मा नर्वे र नाइजेरिया पनि छन् । विश्वकपमा सहभागि २४ टोलीलाई ६ समूहमा विभाजन गर्दा समूह ‘बी’ मा जर्मनी, चीन, स्पेन र दक्षिण अफ्रिका छन् । अस्ट्रेलिया समूह ‘सी’मा इटाली, ब्राजिल र जमैकासँग पर्दा समूह ‘डी’ मा इङल्यान्ड, स्कटल्यान्ड, अर्जेन्टिना  र जापान परेका छन् । यसैगरी समूह ‘इ’ मा क्यानाडा,  क्यामरुन, न्युजिल्यान्ड र नेदरल्यान्ड्स पर्दा साबिक विजेता अमेरिका समूह ‘एफ’ मा थाइल्यान्ड, चिली र स्विडेनसँगै परेको छ ।
 

Shares

Be the first to comment on "महिला विश्वकपको खेलतालिका सार्वजनिक"

Leave a comment

Your email address will not be published.


*