महिला र पुरूषका सपना अलग अलग छन् ःनगर प्रमुख मानन्धर

चरिकोट (दीस) –भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वर नारायण मानन्धरले महिला र पुरूषको सपना अलग अलग हुने बताउनु भएको छ । “महिलालाई जिउने आधार चाहिएको छ, भने पुरूषलाई पुर्बाधार चाहिएको छ ,तर ,समाजमा दुबै थोक अनिवार्य चाहिएको छ ”उहाँले भन्नुुभयो  । ११ दिने हाते होजियारी बुनाई तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख मानन्धरले नगरको समृद्धिका लागि सीपमुलक तालिम संञ्चालन गरेर रोजगारी सृजना गरिरहेको दाबी गर्नु भयो । मेयर मानन्धरले नगरपालिकाले पुर्बाधारमा मात्रै ध्यान दिँदा जिउने आधारहरू बलियो बनाउन नसक्दा समस्या भएको बताउनु भयो । महिलाहरूलाई आत्ममनिर्भर नहुँदा जिउने आधार कठिन बनेको बताउनु भयो । कार्यक्रममा उपप्रमुख कमला बस्नेतले सीपमुलक तालिमले नै महिलाहरूको जीवनस्तर उकास्न सहयोग गरिरहेको बताउनु भयोे । उहाँले आफ्नो अघिल्लो कार्यकाल देखि नै महिलाहरूको सीप बिकासमा ध्यान दिएकाले महिलाहरूको दीर्घकालिन क्षमता बिकासमा आफू र नगरपालिकाले ध्यान दिने बताउनु भयो ।कार्यक्रममा भीमेश्वर नगरपालिकाका प्रबक्ता तारानाथ चौलागाईले नगरपालिका समृद्धिको दिसा तर्फ लम्केकाले आफुहरुले ब्यवहारिक सीपमुलक शिक्षामा ध्यान दिन थालेको बताउनुभयो । फागुन २९ गतेदेखि सुरु भएको एघार दिने तालिम मंगलवार सम्पन्न भएको हो । उज्यालो भविष्य नामक गैह्र्र सरकारी संस्थाको आयोजना तथा भीमेश्वर नगरपालिकाको सहकार्यमा सम्पन्न तालिममा होजियारी बुनाई सम्बन्धि तालिम दिइएको संस्थाका अध्यक्ष राजन बस्नेतले जानकारी दिनुभयो । २५ प्रशिक्षार्थी सहभागी रहेको तालिममा मैयाँ श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो ।

Shares

Be the first to comment on "महिला र पुरूषका सपना अलग अलग छन् ःनगर प्रमुख मानन्धर"

Leave a comment

Your email address will not be published.


*