महिला भलिबल छनौट प्रतियोगिताको उपाधि काठमाडौलाई

चरिकोट –प्रदेश नम्बर ३ स्तरीय महिला भलिबल छनौट प्रतियोगिताको उपाधि काठमाडौ भलिबल संघले जितेको छ । आज भएको फाइनल खेलमा चितवन भलिबल संघलाई ३–० सोझो सेटमा हराउँदै काठमाडौले उपाधी जितेको हो । २५–८, २५–१७ र २५–८ ले अग्रता लिदै लिँदै काठमाडौले चितवन माथि जित निकालेको हो । त्यसैगरी आज नै भएको अर्को खेलमा ललितपुर भलिबल संघलाई ३–१ को अन्तरमा हराउदै रामेछाप भलिवल संघले तेस्रो स्थान हासिल गर्न सफल भएको छ । प्रतियोगिताका विजेता ,उपविजेता तथा तेस्रो स्थान गरेका टिम तथा खेलाडी शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाएका थिए ।

“स्वस्थ्य लागि खेलकुद, राष्ट्रका लागि खेलकुद “ भन्ने मुल नाराका साथ प्रदेश नम्बर ३ स्तरीय महिला भलिबल छनौट प्रतियोगिता दोलखा सदरमुकाम चरिकोटमा बुधबारबाट सुरु भएको थियो ।
प्रतियोगिता प्रदेश खेलकुद परिषद प्रदेश नम्बर ३ काठमाडौंको आयोजना र जिल्ला विकास समिति दोलखाको सह आयोजनामा भएको थियो ।
५ नम्बर प्रदेशको नेपालगन्जमा हुन गइरहेको आठौं राष्ट्रिय खेलकुद २०७५ मा ३ नम्बर प्रदेशको तर्फबाट सहभागी गराउने खेलाडीहरु छनोट गर्नका लागि खेल खेलाइएको जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष हिरा थोकरले जानकारी दिए ।
उनका अनुसार छनौट गरिएको खेलाडीलाई ७ दिनसम्म क्लोज क्याम्पमा राखेर आठौं राष्ट्रिय खेलकुद २०७५ मा सहभागी गराइनेछ ।

Shares

Be the first to comment on "महिला भलिबल छनौट प्रतियोगिताको उपाधि काठमाडौलाई"

Leave a comment

Your email address will not be published.


*