महिला भन्छन् –नारी दिवसले हामीलाई छोएन

सदरमुकाम चरीकोट सातदोबाटोमा खरिद बिक्री गर्दै महिलाहरु । तस्विर बाबुराम शर्मा

बाबुराम शर्मा ÷चरिकोट– सँधै मनाइँदै आएको अन्तर्राष्ट्रिय नारी दिवसले छुन सम्म पनि नसकेको दोलखाली महिलाहरुको गुनासो रहेको छ । अधिकांश दोलखाली महिलालाई यो दिवस के हो भन्ने नै थाहा छैन । दिवस त हुनेखाने र सम्पन्न वर्गकाहरुले मात्र मनाउने गरेको भीमेश्वर नगरपालिका–४ की कमला चौलागाईँले गुनासो गर्नु भयो । “एक त यो दिवस के हो भन्ने शून्य प्रतिशतलाई मात्र थाहा होला । अरुलाई थाहासम्म पनि छैन ।” उहाँले भन्नु भयो, थाहा नै भए पनि बिहान बेलुका हातमुख कसरी जोड्ने पहिलो समस्या महिलाले नै व्यहोर्नु परेको छ । “उता नारी दिवस मनाइरहेको होला, यता म सदरमुकाम सातदोबाटोमा तातो घाममा बसेर आलु बेचिरहेकी छु । बाध्यता छ, नबेचौँ घरव्यवहार चलाउनु छ । दिवसले घरव्यवहार चलाइदिँदैन । ”कमला जस्ता थुप्रै महिला आपूmले उब्जाएको वस्तु बेचिरहेका छन् त कति त आफ्नो काममा व्यस्त छन् । कालिञ्चोक गाउँपालिका–९ सुन्द्रावतीकी लक्ष्मी शिवाकोटी हिमालले भन्नुभयो, “गाउँमा नारी जागरणका कुरा गर्छु तर नारी दिवसमा जान पाइँन । घरखर्चलाई अदुवा बेचिरहेकी छु । नबेचौँ त बालबच्चाहरुको विद्यालय खर्च, घरखर्च आपूmले टार्नु पर्छ । श्रीमानलाई यस्तो चासो नै छैन बरु उहाँ दिवसमा जानु भएको छ । भनाई र गराइमा आकाश पाताल फरक छ । व्यवहारको बोझ नबोकी सुखै छैन । खरिदका लागि बजार आउनु भएकी भीमेश्वर नगरपालिका–१ सुस्पाकी गङगा ओलीले भन्नुभयो, “बचाच्चीका लागि कपी कलम समेत नकिनी भएन ,खानपिनका सामान पनि किन्नु नै छ । दिवसमा जाने पुर्सद पनि छैन । गएर हामीलाई के फाइदा छ । महत्वकांक्षी भाषण सुनेर पेट भरिन्न । दुःख नगरी हुँदैन । ”जिल्लाको जनसंख्या एक लाख ८६ हजार ५५७ मध्ये महिला ९९ हजार ५५४ रहेका छन् । जिल्लामा नारी दिवस मनाइरहँदा गाउँगाउँमा महिलाहरु आ–आफ्ना कामा व्यस्त छन् । कति खेतीपातीमा रमाइरहेका छन्े भने कति घरधन्दामा व्यस्त रहेका छन् । उनीहरुलाई दिवसमा जानेसम्म पनि फुर्सद छैन । आफ्नो काम नगरेर समय बर्बाद गर्न किन जानु दिवसमा उनीहरुको भनाइ छ ।

Shares

Be the first to comment on "महिला भन्छन् –नारी दिवसले हामीलाई छोएन"

Leave a comment

Your email address will not be published.


*