महिला उद्यमी जिल्ला कार्यसमिति गठन

चरिकोट(दीस)ः दोलखामा राष्ट्रिय महिला उद्यमी जिल्ला कार्य समिति गठन गरिएको छ । आइतबार सदरमुकाम चरिकोटमा सम्पन्न भेलाले सो समिति गठन गरेको हो ।
समिक्षा भूजेलको संयोजकत्वमा कार्यसमिति गठन गरिएको राष्टिय महिला उद्यमी जिल्ला कार्य समिति दोलखाले जानकारी दिएको छ । समितिका अन्य पदाधिकारीहरुमा सचिवमा मन्दिरा श्रेष्ठ, सहसचिव सीता विक, तथा कोषाध्यक्षमा सीता गौतम चयन हुनु भएको छ । भुजेलको संयोजकत्वमा पच्चीस सदस्यीय राष्टिय महिला उद्यमी जिल्ला कार्यसमितिको गठन गरिएको हो । भेला भीमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

Shares

Be the first to comment on "महिला उद्यमी जिल्ला कार्यसमिति गठन"

Leave a comment

Your email address will not be published.


*