महिनावारी आभिशाप हैन

कविता खड्का

महिनावारी आभिसाप हैन प्राकृतिक परिबर्तन हो । सन्दर्भ अन्तरास्ट्रिय महिला दिवस । हरेक वर्ष ८ मार्चमा विश्वभर मनाइन्छ। नारी दिवस महिला जागरूकता सम्बन्धी दिवस हो । नजिकिँदै गरिको महिला दिवसलाई पात्रोमा हेर्दै केहि कुरा सम्बोधन गर्न मन लाग्यो, हामी महिला र पुरुष संगै काम गर्छौं ,कति नियमहरु महिला माथि बढी लक्षित गरिएको पनि छ तर घर, समाज, कार्यालय र कार्यक्रम सम्म निहाल्दा धेरै हक तथा नीति नियमहरु महिलाको पक्क्षेमा भएता पनि महिलाहरु माथि उठेर काम गर्न सकीरहेका छैनन् । दैनिक रुपमा हामी पत्रपत्रिका, सामाजिक संजालमा लेखिएको महिला हिम्सा र महिलाहरुले भोग्नुपरेको चुनौतीहरु पढ्ने गर्छौ ।

महिलाहरुले भोग्नु पर्ने धेरैजसो चुनौतिहरु सामाजिक परिवेशमा देख्दा धेरै सानो देखिन्छ/लाग्नसक्छ अथवा कति त भनुँ नजिक बाट निहाल्दा पनि सरल लाग्छ तर पिडा भोग्नुपरेको अवस्थामा मात्र चुनौती महसुस हुन्छ कति कठिन छ भनेर? धेरै ठाउँमा हामीले खुल्ला दिशापिसाब मुक्त क्षेत्र घोषणा गरिएको ठुला ठुला पोस्टर देख्छौ । के खुल्ला दिशापिशाव मुक्त क्षेत्र घोषणा गरेर मात्र दिशापिशाव मुक्त क्षेत्र हुन्छ? त्यस्को लागि शौचालको ब्यबस्था हुनु आवश्यक छैन? केहि आवश्यकता, समस्या हामी मनन गर्न सक्छौ होला तर कति समस्याहरु यस्ता पनि छन् जुन हामीले कहिले महसुस गरेनौ वा गरिनुपर्ने पनि देखेनौ? हामी महिला पुरुष सबै एउटै सवारी साधनमा दिनुहु आवोत,जावोत गर्छौ ।

काठमाडौं वा अलि विकसित सहरहरुमा आजभोलि सार्बजनिक शौचालय निर्माण गरिएको छ । तर गाउँ देखि सहरको लामो यात्रालाई नियाल्दा! गाडीमा यात्रागर्दा गाडी चालकले सबै यात्रुहरुलाई अलि बस्ति नभएको मानिसहरुको आवोत, जावोत कम भएको स्थानमा गाडी रोक्नुहुन्छ । "ल है बाहिर जानु है& quot; जानु हुन्छ भनि जानुस अव के गर्ने बाहिर गएर खै त शौचालय? एउटा महिलाले एक महिना सार्वजनिक यातायातमा चढ़छिन अनि त्यो ७ दिन पनि चढ़छिन जुन दिन उनि महिनावारी वा रजश्वला भएको हुन्छिन । लामो यात्रा गर्दा सबै गाडीहरु सार्बजनिक ठाउँमा रोकिन्छ अव के गर्ने कता जाऊ गारो भएको छ त्यो लामो यात्रा पिसाब जानु कि नजानु? नजाऊ बोल्न पनि नसक्ने गरि गारो भएको छ! जाऊ त महिनावारी भएको छ! कता गएर पिसाब गरौ? गाडीले धेरै समय दियो भने २ मिनेट अव २ मिनेटमा नजिक शौचालय छैन! अरु सम्ब्भाबना केहि भएन अब म महिनावारी भएको छु समाजको अगाडि रगत बगाउन पनि मैले सक्दिन । अब मैले पिसाब रोकिराखेर आफ्नो अन्तिम गन्तव्य नपुग्दा सम्म पिसाब गर्न पाइन । किनभने म महिला अनि महिनावारी हुनु मेरो सजाय भयो एउटा शारीरिक अपांगतासँग भएको ब्यक्तिले जसरि बाध्यताले दिशापिसाब समयमा गर्न सक्दैनन् त्यही भयो मैले समयमा पिसाब गर्न सकिन । मेरो ६ घण्टाको यात्रामा सहज रुपमा पिसाव गर्ने ठाउँ छैन । मासिक श्राव वा महिनावारी महिलाहरुको नियमित शारीरिक प्रक्रिया हो तर यो समयमा गाडीको यात्रा गर्दा रक्तक्षेपण धेरै हुन्छ मैले शौचालय प्रयोग गर्न
त पाउदिन सेनेटरी प्याड के गरि परिबर्तन गर्नु? अव को विकल्प मैले ३ ओटा प्याड राखेर यात्रा गर्छु किनभने मलाई यात्रा गर्नुपर्ने छ अरु केहि विकल्प पनि छैनन्? मलाई महिनावारी भएको अवगत छ भने ३ ओटा प्याड राखेर पनि म यात्रा गर्छु तर म बाटोमा आउदा महिनावारी भए गाडी चालक दाजुले गाडी बिचको जंगलमा रोक्दिनु भयो म सँग प्याड भएतापनि मैले प्याड राख्न सकिन । प्याड म सँग छैन "दाई पसल नजिक रोक्द्नुस न भन्यो भने किन के चाहियो हुदैन जता भन्यो तेही रोक्दैन गाडी" दाई मलाई
समस्या पर्यो रोक्दिनुस न! अव गाडी रोकिन्छ त १ घण्टा पछि अनि जंगलमा । ठिक छ आट गरेर भने मलाई महिनावारी भयो प्याड किन्नु छ। सबैको आखा मेरो अनुहारमा हेरिरहेको हुन्छ, लाग्छ कि मैले धेरै ठुलो गल्ति गरिदिए किन कि म बाटोमा यात्रा गर्दा महिनावारी भए ।

प्याड लिए अव त्यस अबस्थाको आबस्यकता पसलबाट प्याड किनियो फेरी गाडी रोक्नुस् भनुपर्ने हुन्छ, दाई फेरी गाडी रोदिनुन्सन ओःबहिनी तिम्रो काम छैन गाडी रोक्ने मात्र कि पुग्नु पर्ने हो ठाउँमा? भनि उल्टो प्रति प्रश्न आउछ । न म बिरामी, न शारीरिक अपांगतसँग भएको ब्यक्ति! तर पनि त्यो यात्रा समय अवधिमा सबैको नजरमा म नराम्रो हुनुपर्ने बाध्यता भयो। मेरो लागि कति असहज मैले त सार्वजनिक यातायातमा हिड्दा पिशाव गर्न पाएन कि सकिन कसरि लिउँ, प्याड भएतापनि मैले प्याड राख्न सकिन, अव गाडीको सिट भरि रगत हुने कुरा निश्चित भयो? के अव मैले महिनावारी भएको समयमा सार्बजनिक यातायात प्रयोग नगर्ने त?

महिनावारी भएका बेला महिलाहरुलाई शारीरिक रुपमा आरामको जरुरत हुन्छ त्येही माथि गाडीकोअसहजता, हाम्रो दरिद्र मानसिकता… गाडीको यात्रा सहज त हुदैन तर पनि हामीले सक्ने व्यवस्थापन गर्न सक्छौ हरेक दिनको यात्रा लाई चुनौती दिनु न त नियम संगत न त समजदारी नै भयो । महिलाहरुको चुनौती सायदै थाहा नपाउनु भएको हुनाले हामीले दिनहुँ यो तिता र नमीठा भोगाई भोगीरहेको हुन्छौ ।

अन्तिम गन्तव्य नपुग्दा आफु बसेको सीट राताम्य बनाउननु कुनै महिलाको रहर हैन तर पनिबाध्यता भयो…गाडी बाट ओर्लने बेला भयो के गर्ने? ओ हो सीट भरि रगत छ के ले पुछ्न पनि सकिन केहि गर्नसकिन कस्तो विडम्बना एउटा शारीरिक अपाङ्गता भएको व्यक्ति सो सरह भयो केहि गर्न नसक्नु, महिनावारीहरेक बाह्र/पन्ध्र बर्ष देखि ४५/५५ बर्ष सम्मका महिलाहरुको प्राकृतिक शारीरिक प्रक्रिया भएता पनिमैले मेरो महिनावारी हुनुको सजाय पाए! गाडी सहचालक भाईको मुखमा हेर्ने मेरो हिम्मत भएन मुख लुकाएर नजिक कोहि हुनुहुन्छ कि भनेर हेरे अनि मुख लुकाएर लुगालाई पछाडी झोलाले छोप्दै दौडिए लाग्छ कि म चोर जस्तै मुख छोपिर भाग्नुपर्ने भयो!

एउटा शौचालय मात्रा हुन्थ्यो अनि शौचालय भएको ठाउँमा गाडी रोकिदो हो त! न समस्या हुन्थ्यो! न यो सबै चुनौतीको भागेदारी हुनुपर्ने थियो । यो पिडा हामी सबै महिलाहरुले महसुस गरिरहेको छौ कसैले ब्यक्त गर्छन त कसैले ब्यक्त गर्ने आट नै गर्दैनन् । स्वास्थ्यको दृष्टिकोणले समय समयमा सेनेटरी प्याड परिबर्तन र पिशाव फेर्नु अति अवश्यक हो । यदि समयमा परिबर्तन गर्न सकिएन भने मानिसको शरीरमा पनि असर गर्छ । यो अवस्थाको बारेमा हामी सबैको ध्यान जानु एकदमै जरुरी छ । यो पिडा प्रतिनिधि मात्र हो, यस्ता पिडा आम किशोरी अनि महिलाहरुले दिनहुँ भोग्नु परेको छ ।
महिनावारी हुनु महिलाको गल्ति हैन, महिलालाई सजाय नदिनुस्! सबै महिलाको समस्यालाई महसुस गर्दै, गाडी सधै शौचालय भएको ठाउँमा मात्र रोकिदिनुस्!महिला दिवसको बिभिन्न कार्यक्रम संगै यस्ता आवाजलाई सुनुवाई गर्नुस, जनचेतनाको रुपमा यो आवाजलाई
अगाडि बढाऊ र महिलाहरुको समस्यालाई सहज गर्ने वातावरणको विकास गरौ!

Shares

Be the first to comment on "महिनावारी आभिशाप हैन"

Leave a comment

Your email address will not be published.


*