महिनावारीबारे धामीझाँक्री सहित पण्डितलाई ज्ञान दिइनुपर्छ

ईश्वर बिश्वकर्मा
चरिकोट, मंसिर २३
दोलखाका महिला अधिकारकर्मीहरुले धामीझाँक्री र पण्डितलाई महिनावारी सम्बन्धमा ज्ञान दिइनुपर्ने बताएका छन् ।
महिनावारीसम्बन्धी विभिन्न किसिमको भ्रमलाई हटाउनका निम्ती धामीझाँक्री र पण्डितलाई नै महिनावारीबारे ज्ञान दिइनुपर्ने अधिकारकर्मीले बताएका हुन् ।
महिला अकिारीकर्मी महिला अधिकार मञ्च दोलखाकी अध्यक्ष मेनुका सुवेदीले परम्परागत संस्कारको जडले गर्दा महिनावारीलाई विभेद र र्दुव्यवहारको दृष्टिले हेरिदैँ आएकोले सर्वप्रथम सचेतना धामीझाँक्री र पण्डितलाई दिइनुपर्ने बताइन् ।
महिला महिनावारी भएको बेला अलग बस्नुपर्ने,मन्दिर जान नहुने, बोटविरुबा अथवा फलफुल छुन नहुने जस्ता अनेकौँ भ्रम रहेकाले यसको अन्त्यका लागि पण्डितद्धारा नै अभियान चलाउनुपर्ने उनले बताइन् ।
उनले महिनावारीजन्य भ्रमलाई हटाउन विभिन्न धार्मिक प्रवचन, सत्संग, विवाहमा धार्मिक कार्यक्रममा पण्डितले ज्ञान समाजका अन्यलाई दिइनुपर्ने सुवेदीले बताइन् ।
अर्कि महिला अधिकारकर्मी आवाज नेपाल दोलखाकी अध्यक्ष सिर्जना कार्कीले महिनावारीसम्बन्धी विभेद हटाउन पुरुष नै सक्रिय हुन आवश्यक रहेको बताइन् ।
उनले महिलाहिंसा न्युनिकरणका लागि महिलासँगै पुरुषलाई संलग्न गराउनुपर्ने र सचेतनामुलक कार्यक्रमलाई अघि बढाउनुपर्ने बताइन् । महिनावारीलाई विभेदको रुपमा भन्दा पनि जीवन र सुस्वास्थ्यको एक प्रत्रियाको रुपमा ग्रहण गर्नुपर्ने कार्कीले बताइन् । प्रायजसो महिलाले नै पुरुषले नबार भन्दा पनि महिनावारी बार्ने गरेकोले नबार्न उनले बताइन् ।
मर्यादित महिनावारी विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
चरिकोटमा २८ औँ अन्तराष्ट्रिय लैँगिक हंसा बिरुद्धको १६ दिने अभियानको कार्यक्रम अन्र्तगत लैंगिक हिंसा न्यूनिकरण र मानवअधिकारको लागि मर्यादित महिनावारी विषयक अन्तरक्रया कार्यक्रम सोमबार गरिएको छ ।
कार्यक्रममा सर्मिला थापाले महिलामा हुने महिनावारी, महिनावारी भ्रम र सत्यता, महिनावारीको अवधी, मर्यादित महिनावारीको विषयमा कार्यपत्र प्रस्तुत गरिन् ।
कार्यपत्र प्रस्तुत गर्दै महिनावारीको समयमा विभेद नभई सरसफाइका साथै खानपीनमा विषेश ध्यान दिइनुलाई मर्यादित महिनावारी भएको बताइन् ।
आइतबारनै मर्यादित महिनावारी दिवस परेको भएतापनि विषेश कारणले गर्दा दोलखामा भने सोमबार मर्यादित महिनावारी विषयक अन्तरक्रिया कार्यक्रम राखिएको बताइन् ।
कार्यक्रममा महिला जनप्रतिनिधी, विभिन्न संघसंस्थाका प्रतिनिधी पत्रकार लगायतले महिलाहिंसा र महिनावारीको विषयमा छलफल गरको थिए ।

Shares

Be the first to comment on "महिनावारीबारे धामीझाँक्री सहित पण्डितलाई ज्ञान दिइनुपर्छ"

Leave a comment

Your email address will not be published.


*