महासंघको भवन निर्माणलाई मेलुङ गाउँपालिकाले ग¥यो तीन लाख सहयोग

चरिकोट (दीस) –नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखाको भवन निर्माणको लागि मेलुङ गाउँपालिकाले सहयोग गरेको छ । मेलुङ गाउँपालिकाका अध्यक्ष नर बहादुर श्रेष्ठले पत्रकार महासंघको भवन निर्माणको लागि आज तीन लाख रुपैयाँको चेक पत्रकार महासंघ दोलखाका अध्यक्ष जीवन लामालाई हस्तान्तरण गर्नुभएको छ ।
पत्रकार महासंघको भवन भीमेश्वर नगरपालिका वडा नं. ३ चरिकोटमा एकतले निर्माण कार्य सम्पन्न भए तापनि फर्निचर, कम्प्यूटर लगायतका सामग्री खरिद गर्न बाँकी छ । सूचना केन्द्रसहितको भवन निर्माण भएकाले समाजसेवी, संघसंस्था, सहकारी, नगरपालिका र गाउँपालिकाहरुले सहयोग जारी राखेको छ । यसअघि भीमेश्वर नगरपालिकाले छ लाख, तामाकोशी गाउँपालिका एक लाख पचास हजार, वैत्यश्वर गाउँपालिका दुई लाख, गौरीशंकर गाउँपालिका दुई लाख पच्चीस हजार, कालिञ्चोक गाउँपालिका दुई लाख पाँच हजार, जिरी नगरपालिका दुई लाख, शैलुङ गाउँपालिका दुई लाख र विगु गाउँपालिकाले दुई लाख सहयोग गरिसकेको छ । हालसम्म नौ वटै स्थानीय तहहरुले सहयोग गरिसकेका छन् ।
पत्रकार महासंघको भवन निर्माणको लागि पत्रकारहरु स्वयमले आफ्नो जन्मदिन, पुरस्कार, सम्मानमा पाएको रकम समेत भवन निर्माणलाई सहयोग गर्दै आएको छ । यसअघि संकलित रकमले व्यवस्थित हलसहित ३ वटा कार्यसञ्चालनको लागि कार्यालय निर्माण कार्य सम्पन्न भएको भवन निर्माण समितिले जनाएको छ ।

Shares

Be the first to comment on "महासंघको भवन निर्माणलाई मेलुङ गाउँपालिकाले ग¥यो तीन लाख सहयोग"

Leave a comment

Your email address will not be published.


*