महासंघको अध्यक्षमा पोखरेल निर्वाचित

चरिकोट –गाउँपालिका राष्ट्रिय महासंघ नेपाल प्रदेश ३ नम्बरको अधिवेशनले अध्यक्षमा तामाकोसी गाउँपालिका अध्यक्ष ईस्वर चन्द्र पोखरेललाई निर्वाचित गरेको छ । हिजोबाट शुरु भएको अधिबेसनले नेतृत्व आज सर्वसहमत चयन गरेको हो । उपाध्यक्षमा रामेछापको सुनापति गाउँपालिकाका अध्यक्ष धावा लामा, सचिवमा धादिङका् ज्वालामुखी गाउँपालिकाका अध्यक्ष बिनोदराज तिमल्सिना, सह सचिवमा सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी पौडेल र कोषाध्यक्षमा धादिङको ज्वालामुखी गाउँपालिकाका उपाध्यक्ष जानुका सिम्खडा निर्वाचित भएका छन ।
प्रदेशमा कमिटीमा १९ सदस्य रहने व्यवस्था रहेको छ । सदस्यहरुमा रामेछापको गोकुलगँगा गाउँपालिकाका अध्यक्ष खड्ग सुनुवार, काभ्रेपलान्चोकको भुम्लु गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुँवर, रसुवाको कालिका गाउँपालिकाका उपाध्यक्ष भवानी न्यौपाने, र सिन्धुलीको फिक्कल गाउँपालिकाका उपाध्यक्ष पार्वती सुनुवार, ललितपुरको महाँकाल गाउँपालिकाका उपाध्यक्ष कमला तामाङ निर्वाचित भएका छन ।
त्यसैगरी नुवाकोटको तारकेस्वर गाउँपालिकाका उपाध्यक्ष तारादेवी रिमाल, रामेछापको उमाकुण्ड गाउँपालिकाका उपाध्यक्ष उर्मिला कार्की, सिन्धुलीको हरिहरपुर गणी गाउँपालिकाका उपाध्यक्ष अनिता राई, नुवाकोटको दुप्चेस्वर गाउँपालिकाका अध्यक्ष युविन्द्र सिंह तामाङ, नुवाकोटको ककनी गाउँपालिकाका उपाध्यक्ष सिता लामा र धादिङको बेनिघाट गाउँपालिकाका अध्यक्ष हरि डल्लाकोटी , कर्ण बहादुर थापा तीनपाटन गाउँपालिका िसन्धुलीका अध्यक्ष,मकवानपुरको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, दोलखाको तामाकोशी गाउँपालिका १ भिरकोटका अध्यक्ष महेस्वर काफ्ल ेसदस्यमा निर्वाचित भएका छन ।

Shares

Be the first to comment on "महासंघको अध्यक्षमा पोखरेल निर्वाचित"

Leave a comment

Your email address will not be published.


*