महालक्ष्मी लाइफ अभिकर्ता अभिमुखीकरण

दीक्षण समाचार
चरिकोट, २० फागुन
महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले चरिकोटमा अभिकर्ता अभिमुखीकरण कार्यक्रम गरेको छ । नेपालकै कान्छो बीमा कम्पनीको रुपमा रहेका महालक्ष्मी लाइफले व्यवसाय सुरु गरेको २ हप्ता भित्रै दुर्गम जिल्ला दोलखामा पनि व्यवसाय विस्तार गर्न अभिकर्ता अभिमुखीकरण गरेको हो ।
कम्नीका डेपुटी प्रमुख कार्यकारी अधिकृत कमल पन्थी र प्रशिक्षण विभाग प्रमुख राजेन्द्र घिमिरेले स्थानीय अभिकर्ताहरुलाई जीवन बीमाका बारेमा कम्पनीले सुरु गरेका योजनाहरुको बारेमा जानकारी दिए । “आज पनि भोली पनि, बचत पनि सुरक्षा पनि” भन्ने नारा सहित छोटो समयमै बीमा क्षेत्रमा आक्रमक रुपमा प्रस्तुत भएको महालक्ष्मीले डबल सावधिक बीमा, सावधिक बीमा, म्यादी बीमा अरुभन्दा फरक ल्याउको डेपुटी प्रमुख कार्यकारी अधिकृत पन्थीले जानकारी दिए ।
जीवन बीमामा सबैको उही शुल्क लिएर पुराना कम्पनीहरुमा बोनस दरको हिसाव हुने भए तापनि यस कम्पनीले सिधै डबल भुक्तानी योजना सुरु गरेको जानकारी दिए । कम्पनीका एजेन्सी मेनेजर सविन खड्काले व्यवसाय जस्ले सुरु गरे तापनि चाँडै गर्न सबैलाई सुझाए । अभिमुखीकरण कार्यक्रममा दोलखामा विभिन्न पेशा व्यवसायमा संलग्न एक सयभन्दा बढीको सहभागीता थियो ।

Shares

Be the first to comment on "महालक्ष्मी लाइफ अभिकर्ता अभिमुखीकरण"

Leave a comment

Your email address will not be published.


*