महायज्ञ सम्पन्न

दीक्षण समाचार /चरिकोट, – बैतेश्वर गाउँपालिका–१ गैरीमुदिमा धार्मिक महोत्सव तथा शिव महिमा रुद्रामहाभिषेक शिव पुराण ज्ञान महायज्ञ सम्पन्न भएको छ । कैलेश्वर महादेव मन्दिरमा मन्दिर संरक्षण समिति तथा गुठी परिवारको आयोजनामा कार्तिक २६ गतेदेखि सुरु भएको महायज्ञ आज सम्पन्न भएको हो । धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्नुका साथै गणेश मन्दिर, १०८ शिबलिङ्ग स्थापना र कैलेश्वर–उपल्लो मुदी सडक स्तरोन्नतिको लागि महायज्ञ आयोजना गरिएको थियो । महायज्ञबाट सात लाख भन्दा बढी रकम संकलन भएको छ। भीमशंकर गिरीले एक लाख १ हजार १ सय १ रुपैयाँ र रणबीर गिरीले १ लाख १ सय रुपैयाँ रकम दान गर्नुभएको छ । महायज्ञमा ख्याती प्राप्त पण्डित कपिलदेव भट्ट र डेगनाथ ढकालको मुखारविन्दबाट कथा वाचन र सार्वजनिक संगितमय, पितृमोक्ष तथा कथा प्रवचन महायज्ञ सत्सङ्ग, भजन किर्तन, दैनिक हवन, रुद्राभिषेक, देवलीला झाँकी प्रदर्शन गरिएको थियो ।

Shares

Be the first to comment on "महायज्ञ सम्पन्न"

Leave a comment

Your email address will not be published.


*