महायज्ञको तयारी तीब्र

चरिकोट (दीस)ः दोलखाको पवित्र धार्मिक स्थल चर्नावती धाममा निर्माण भएको बृद्धा आश्रम संञ्चालन गर्नको लागि रकम जुटाउने उदेश्यले लगाउन लागिएकोको महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ । महायज्ञको तयारी पूरा भएको महायज्ञ तयारी समितिले मंगलवार सदरमुकाम चरिकोटमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । संस्कृतबिद् बिदुषी प्राध्यापक डाक्टर कान्ता भट्टाराईले महायज्ञमा कथा बाचन गर्ने कार्यक्रम रहेको छ । महायज्ञ जेठ ७ गते देखि १५ गतेसम्म संञ्चालन हुने छ । महायज्ञमा श्रीमद् देबिभागवत महापुराण बाचन हुने बताइएको छ । महायज्ञकोे प्रचार प्रचारलाई तीव्र पारिएको छ । श्री चरणावती त्रिबेणी विकासको तथा प्रर्वधन संघको आयोजनामा हुन लागेको महायज्ञको तयारीको लागि विभिन्न सरोकारवाला निकायसँग छलफललाई तिव्र पारिएको चर्णावती त्रिवेणी विकास तथा प्रबद्र्धन संघका अध्यक्ष गुणबहादुर बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार यो भबनका लागि चाहिने अत्यावश्यक सामाग्री र अन्य सेवा सुबिधाहरु जुटाउन रकम आवश्यक परेकाले महायज्ञ गर्न लागिएको हो । “अहिले हामीले विभिन्न सरोकारवालासँग छलफल गरेका छौ ,सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।” उहाँले भन्नु भयो । दोलखाको शैलुङ गाँउपालिका वडा नम्बर ७ चर्नावती धाम स्थीत चर्नावती सामुदायीक बनको ४० रोपनी जग्गामा जेष्ठ नागरिक सेवा केन्द्रको लागि भौतिक संरचना बनेको छ । धाममा पक्की तीन तले जेष्ठ नागरिक सेवा केन्द्रको भबन बनेको छ । जसमा १६ वटा कोठा, एक वटा भान्सा कोठा, तीन वटा हल र पाँच वटा शौचालय कोठा रहका छन् । जेष्ठ नागरिक सेवा केन्द्रमा ४८ जनासम्म जेष्ठ नागरिक बस्न सक्ने गरी निमार्ण गरिएको छ । तामाकोसी नदीमा किनारमा अवस्थित चर्नावती धाम रहेको ठाँउमा तेत्रा युगमा राम–सीताको पाईला परेको विश्वास गरिन्छ ।
किंवदन्ति अनुसार बनवासको समय राम( सिता चर्नावती धाममा आएका थिए । चर्नावती धाम आसपास राम(सीताले खाना पकाएर खाएको चार मुखे ढुङ्गाको ठूलो चुलो, चौलानी जस्तो पानी बग्ने चामल पखाल्ने खोला र सिताको पाईला रहेको ढुङ्गा रहेको स्थानीयको भनाई रहेको छ । अर्को किंवदन्ती अनुसार अयोध्यामा रामको राज्यभिषेकको बेला श्रृङ्गी ऋषि चाहिने भएपछि चर्नावती धाम आसपास रहेको अधेरी खोलाको शीरमा तपस्या गरिरहेका श्रृङ्गी ऋषिलाई लगिएको र पछि राम–सीता आफ्नो राज्यभिषेक गर्ने ऋषिको तपस्या स्थल हेर्न आउदा चर्नावती धाममा समेत बसेका थिए । चर्नावती धाममा तामाकोसी, गोपिखोला र चरङ्गेको त्रिवेणी समेत रहेको छ । त्रिवेणी मध्ये चरङ्गे खोला दक्षिणबाट उत्तरतर्फ बगेकोले यसलाई पवित्र उत्तरवाहीनी नदी समेत भनिने स्थानीय बताउछन् । त्रिवेणीमा सीताले स्नान गरेको विश्वास समेत गरिन्छ ।

Shares

Be the first to comment on "महायज्ञको तयारी तीब्र"

Leave a comment

Your email address will not be published.


*