महामारी रोकथाममा नागरिक र सरकारकोे भुमिका

गणेश बुढाथोकी

गणेश बुढाथोकी

विश्व कोरोना भाइरस सँग लडिरहेको छ त्यसबाट हामि पनि असुरक्षित महसुस गरिरहेका छौँ । केहि महिना अगाडि कोरोनाको समाचार सुनिन्थ्यो तर मतलब हुदैनथ्यो ।सामाजिक सन्जालमा कोरोनाको बारेमा चाहिने र नचाहिने सवै जानकारी पाइन्छ । कोरोना रोग सामान्य हो तर आम नागरिकको असामान्य ब्यबहारले यो रोगले महामारीको रुप लिन्छ त्यसैले हामिले सरकारले दिएको निर्देशन र डक्टरले दिएको सुझाब पालना गर्नु अति आवश्यक र अनिवार्य सर्त हो । नेपाल सरकारले लकडाउन गरेको छ अत्यावश्यक काम बाहेक घर बाहिर नजान र सरसफाइमा ध्यान दिन नागरिकलाई भनेको छ ।

सरकारको यो प्रयास आफैमा स्वागतयोग्य छ तर कोरोना रोकथामको लागि यो नै पर्याप्त छैन् । सरकारले एउटा जिम्मेवारी दिएको छ । कतै हामि त्यो जिम्मेवारी पुरा गर्न चुकेका त छैनौँ यदि हामि चुकेका छौँ भने हामि पनि त्यही इटलि, इरानको जस्तो डरलाग्दो समय निम्त्याउन लागि परिरहेका छौँ । हामिले यो समयलाई नजरअन्दाज गर्ने र अरुलाई मात्र डक्टरी सिकाउदै हिड्ने हो भने जानेर वा नजानेर हामिले आफैमाथि विश्वास घात गरिरहेका छौँ आफनो परिवारको सदस्यको ज्यान जोखिममा राखिरहेका छौ, समाजलाई बन्देज बनाउदै छौँ , हामि केहि दिन केहि हप्ता घरमा बस्दा, साथिहरु नभेट्दा, चौतारी वा चोक तथा क्याफेमा नगफिदा केहि हुदैन् हाम्रो समय रोकिदैन, आकाश खस्दैन त्यसैले अत्यावश्यक काम बाहेक अन्य प्रयोजनको लागि घर बाहरि नजाने अठोट गरौँ र अरुलाई पनि गरौँ अहिलेको समय अरुको जिम्मेवारी र जबाफदेहिता खोज्ने भन्दा पहिला आफु नै जिम्मेवार बन्ने र आफु र आफ्नो परिवारको सुरक्षामा सजग रहने हो ।

कोरोना भाइरसको रोकथाम र एसको महामारी बाट उन्मुतिm पाउँन विश्वका सर्वशतिmमान देशहरुले पनि सकिरहेका छैनन् । विश्वकै उत्कृष्ट स्वास्थ्य सेवा दिने देशलाई समेत यो महामारी बाट उम्कन सकस परिरहेको छ त्यसैले हाम्रो जस्तो देशमा भएका काम र तयारीलाई आलोचना गर्नु त्यती सान्दर्भिक नहोला तर एउटा प्रश्न उठ्छ कि यो भाइरस रेकड भएको ८३ दिन र विश्व स्वास्थ्य सङ्गठनले सङ्कटकाल घोषणा गरेको ६६ दिनमा नेपाल सरकारले भाइरस सँग लड्न र यसलाई रोक्न के ग¥यो साथै नागरिकले आफ्नो तर्फबाट तयारि गरे वा गरेनन् ? सरकारको समय यो अवधिमा रणनिति बनाउन, योजना बनाउन, विभिन्न कमिटि गठन गर्न, निर्णय गर्न र निर्देशन दिनमा व्यतित भयो भने नागरिकको यो समय विभिन्न अफबहा फैलाउने, कोरोनाको कथा बनाउने र दैनिक समय कटाउने रमाइलोको रुपमा लियौ अझ भनौँ हासिमजाक को विषय बनायौँ । सरकारले नागरिकलाई सचेत रहन आग्रह ग¥यो तर त्यो आग्रहलाई नागरिकले हेक्का राखेनने । हवाइ र स्थलमार्ग हुदैँ कोरोना प्रभावित देशबाट नेपाल भित्रने स्वदेशि तथा विदेशि नागरिकको स्वास्थ्य परिक्षणमा लापरबाहि गरियो र अनिवार्य क्वारेनटाइनमा बस्नुपर्ने व्यवस्थालाई कडाइ गरियन फलस्वरुप नेपाल दिन प्रतिदिन कोरोना जोखिमको नयाँ गन्तव्य बन्दै ग¥यो र सरकार लकडाउन गर्ने परिस्थतिमा पुग्यो ।

अहिले हामि सँग तीन तहको सरकार छ तर कोरोना रोकथामको लागि यी तिनै तहका सरकार विच उचित र प्रभावकारी समन्वयको अभाव देखियो सवै सरकार आ आफ्नो तरिकाले कोरोनाको रोकथाममा लागेका छन् । यो ८३ दिनमा महामारी रोकथामको लागि नागरिक र सरकारले काम भन्दा बढि कुरा गरेर विताय त्यसैले अहिले लकडाउन गरिसक्दा पनि पर्याप्त मात्रमा पुर्वधार विकास भएको छैन, अत्यावश्यक स्वास्थ्य सामाग्रीको अभाव छ, सुरक्षाकर्मी लाई आवश्यक पर्ने पिपिइ छैन, मास्क छैन, कोरोना परिक्षण गर्ने एउटा बाहेक अन्य प्रयोगशाला छैन त्यी प्रयोगशालामा पनि आवश्यक मात्रामा कोरोना परिक्षणको लागि आवश्यक पर्ने किट छैन, बजारमा मास्क लगायत अत्यावश्य सामागी्रको कालोबजारी छ, २४ घण्टामा मुस्कीलले १०० जनाको परिक्षण भइरहेको छ, महामारी फैलिहालेमा उपचार गर्ने डेडिकेटेड हस्पिटल छैन त्यसैले यत्रो धेरै अभाव र समस्याले के कुरा देखाउँछ ?

साच्चै हामि यो समस्या समधान गर्न नसक्ने क्षमता राख्छौँ ? कि हाम्रो काम गर्ने इच्क्षा शतिm नभएको हो ? प्रश्न गम्भिर छ । कोरोना हाम्रा लागि घोषित महामारी हो किनकि हामिलाइ थाहा थियो विश्वनै तहसनहस पारिरहेको यो भाइरस हाम्रो देशमा एक दिन आउँछ भनेर तर यो ८३ दिनको हाम्रो कामगराइ र दृडताले के देखाउँछ भने हामि विपद र महामारीलाई हल्का रुपमा लिइरहेका छौैँ हामी घोषित महामारी लाई त रोक्ने क्षमता र व्यवस्थापन रैनछ भने अघोषित महामारी वा विपद् सँग लड्न हाम्रो यो व्यवस्थापन र काम गर्ने शैलि सुधार्नु अत्यावश्यक छ अन्यथा हामि विपद र महामारीमा लड्न सक्दैनौँ । नागरिक र सरकारको सोचाइ र भुमिकामा परिवर्तन र आवश्यक छ अन्यथा महामारी हाम्रो लागि जिवनको अन्त्य मात्र हैन समृद नेपाल र सुखि नेपालीे अभियानको संकट पनि हो ।

Shares

Be the first to comment on "महामारी रोकथाममा नागरिक र सरकारकोे भुमिका"

Leave a comment

Your email address will not be published.


*