महामारीमा राप्रपा दोलखाको समन्वयमा ३० लाखको जेनेरेटर र स्वास्थ्य सामग्री हस्तान्तरण

चरिकोट –चिनिया कम्युनिष्ट पार्टीको सौजन्यमा राष्टिय प्रजातन्त्र पार्टी दोलखा मार्फत प्राप्त हाइड्रोजन/अक्सिजन जेनेरेटर जिल्ला कोभिड १९ संकट ब्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाका संयोजक राजनबहादुर शिवाकोटीले सो जेनेरेटर शुक्रवार प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई हस्तान्तरण गरेका हुन् । हस्तान्तरित हाईड्रोजन/अक्सिजन जेनेरेटर शुक्रवार नै प्रस्तावित चरिकोट अस्पत्तालका अध्यक्ष एवं भीमेश्वर नगरपालिकाका मेयर भरत केसी लाई प्रमुख जिल्ला अधिकारी घिमिरेले हस्तान्तरण गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाले बताएको छ ।एक मिनेटको समयावधिमा करिब ३ लिटर अक्सिजन तथा ३ लिटर हाइड्रोजन तयार गर्ने सो उपकरणको क्षमता रहेको छ । जेनेरेटरको मूल्य करिब ३० लाख पर्ने राप्रपा दोलखाका संयोजक शिवाकाटीले जानकारी दिए । चीनमा कोभीड संक्रमितको उपचारमा ब्यापक रुपमा यसको प्रयोग हुने गरेको थियो । विद्युत गएको समयमा पनि यसमा रहेको ब्याकपको मद्दतले अक्सिजन उत्पादन भइरहने उनले बताए ।

Shares

Be the first to comment on "महामारीमा राप्रपा दोलखाको समन्वयमा ३० लाखको जेनेरेटर र स्वास्थ्य सामग्री हस्तान्तरण"

Leave a comment

Your email address will not be published.


*