मलेसियामा कार दुर्घटना हुँदा दोलखाका राजकुमार श्रेष्ठ सहित २ जनाको मृत्यु

काठमाण्डौ – मलेसियामा कार दुर्घटना हुँदा दुई जना नेपालीको ज्यान गएको छ । क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल नजिकै बिहीबार बिहान कार दुर्घटना हुँदा दोलखाका २९ वर्षीय राजकुमार श्रेष्ठ र सुर्खेतका २३ वर्षीय रमेश पोख्रेलको ज्यान गएको मलेसियामा रहेको नेपाली दूतावासले जनाएको छ ।

 

बिहीबार बिहान कम्पनीमा खाजा पुर्‍याउन हिँडेका श्रेष्ठ र पोख्रेल चढेको कार स्थानीय समय अनुसार बिहान ६ बजे विमानस्थल नजिकै मिलाइ भन्ने ठाउँमा दुर्घटना भएको हो । विपरित दिशाबाट आएको लरीले कारलाई ठक्कर दिएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै दूतावासले जनाएको छ ।

राजकुमार श्रेष्ठ क्वालालम्पुरमा होटल सञ्चालन गर्नुहुन्थ्यो । रमेश राजकुमारको होटलमा काम गर्दै आएको हुनसक्ने दूतावासको भनाई छ ।

दूतावासकाअनुसार श्रेष्ठको परिवारसँग सम्पर्क भइसकेको छ भने  पोख्रेलको सम्पर्क हुन बाँकी छ । यसबारे थप अनुसन्धान भइरहेको दूतावासले जनाएको छ ।

rip हार्दिक श्रध्दाञ्जलि ओम माणी पद्मे हुँ…………Raju Shrestha दाजु र रमेश पोख्रेल भाई प्रति,,,

Gepostet von फुर्बा दोर्जे मोक्तान तामाङ् am Mittwoch, 8. Januar 2020

Shares

Be the first to comment on "मलेसियामा कार दुर्घटना हुँदा दोलखाका राजकुमार श्रेष्ठ सहित २ जनाको मृत्यु"

Leave a comment

Your email address will not be published.


*