मलाई अरु केही चाँहिदैन, बरु गाउँबाट बाँदर भागेको देख्न मन छः

इस्वर विक

चरिकोट–अनुहारको छाला मुजापरेका, कपाल सेताम्मे भएका ७६ वर्षीया कान्छी शाही चिन्तित देखिन्छिन् । हुन त सिंगो बस्तिकै मानिसहरु चिन्तित छन् । गाउँमा किसानहरु झन बढी चिन्तित छन् । चिन्ताको प्रमुख कारण बाँदर आतंक हो ।
भीमेश्वर नगरपालिका ७ मकैबारीकी शाही अन्य पीर व्यथा नभए तापनि बुढेसकालमा बाँदरको आतंकले चिन्तित भएकी हुन् । किनकी गाउँमा रहेका खेतबारीमा लगाएका अन्न बाली र फलफूल खेती बाँदरमा नष्ट गरिदिने गरेको छ । गाउँमा करिब ५ सय हाराहारीका बाँदर हुल बाँधेर आउने गरेको छ ।
कान्छी शाही छोरा रमेश शाह र गंगा शाहसँगै बस्दै आएकी छिन् । उनको दिनचर्या पसलमा नै वित्छ । तर गाउँमा ५ सय भन्दा काला र राता बाँदरले बाली नष्ट गरेकाले खिन्न छिन् । कति बेला बाँदर आउँछ पत्तो पाउँदिनन् । पसलका सामान पनि बाँदरले खाइदिन्छ, नष्ट गरिदिन्छ ।
“साह्रै दुःख लाग्छ, कति उपायहरु अपनाउँदा पनि गाउँबाट बाँदर भाग्दैन” उनले दुःसो पोखिन् “एक छिन् ठिटाहरु भेला गरेर भगायो, अर्को दिन फेरि आउँछ अनी भए भरको नष्ट गरिदिन्छ ।” मलाई अरु केही चाँहिदैन, बरु गाउँबाट बाँदर भागेको देख्न मन छः उनले भनिन् । बाँदर भागेपछि मनमा शान्ति मिल्ने उनले बताइन् ।
पसलमा एक्लै बस्दा बाँदरले आक्रमण गर्ला कि भन्ने पनि उनलाई डर लाग्छ । बुढेस्कालमा साह्रै दुःख पाइएको उनले गुनासो गरिन् । यस्तै गुनासो पोख्ने कान्छिमाया मात्र होइन युवाहरुका चिन्ता पनि उस्तै छ । स्थानीय दिनेश तमाङको उमेर ३३ वर्ष भए तापनि गाउँमै केही गर्नु पर्छ भनेर फलफूल र तरकारी लगाए । ५ रोपनी जग्गामा तरकारी खेती गरे । पहिला पहिला मासिक आम्दानी ५० हजार नाघ्थ्यो । तर अहिले तरकारी नष्ट गरेका कारण आम्दानी नहुँदा खेती नै छाड्नु पर्ने बाँध्यता हुन लाग्यो ।
३ वर्ष गाउँमा छिरेका बाँदरले तरकारी बाँली नष्ट गरिदिएपछि उनलाई नैरस्यता उत्पन्न भएको छ । बाँदर धपाउँन कुकुर पाले तर बाँदर लखेट्न जाँदा उल्टै बाँदरले टोकेर कुकुर नै घाइते बनाएको उनले बताए । सरकारले युवा र किसानका लागि धेरै कार्यक्रम ल्याए तापनि गाउँबाट बाँदर नियन्त्रण नगरेसम्म केही नहुने उनको गुनासो छ । “सम्बन्धित निकायले यसमा चासो नदिएमा र बाँदर नियन्त्रण नभएमा अब गाउँ नै छाड्नु पर्ने स्थिति नहोला भन्न पनि सकिन्न” दिपकले बताए ।
भीमेश्वर नगरपालिकाले बाँदर नियन्त्रणका निम्ति गत आर्थिक वर्षमा ८ लाख विनियोजन गरेको छ । तर पनि त्यो रकम खर्च हुन नसकेर फ्रिज भएको भीमेश्वर नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष कैलाश श्रेष्ठले जानकारी दिए । तर स्थानीयहरु भने बाँदर नियन्त्रण गर्न स्थानीय समिति बनाए तापनि त्यसलाई सक्रिय बनाउँन नगरपालिकाले नै चासो नदिएको बताउँछन् ।
धार्मिक कारण र कानुनी अड्चनका कारण स्थानीयले बाँदर मार्न पनि सकेका छैनन् । गाउँमा ४ वर्षदेखि लगातार दुःख दिएपछि स्थानीयहरु आक्रोशित बनेका छन् । कतिपयले त जग्गा जमिन बाँझो राखेर गाउँ नै छाडेर बसाइ सरेका छन् । स्थानीय बाँहुन टोलका अधिकाँश घरहरु बसाइ सरेका वडा अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

Shares

Be the first to comment on "मलाई अरु केही चाँहिदैन, बरु गाउँबाट बाँदर भागेको देख्न मन छः"

Leave a comment

Your email address will not be published.


*