मन्त्री गुरुङ गृह जिल्लामा व्यस्त

इश्वर बिश्वकर्मा
चरिकोट, चैत्र २४
केहि दिन अघि गृह जिल्ला दोलखा आएका नेपाल सकारका प्रवक्ता एवम सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ सोमबार पनि दिनभर विविध कार्यक्रममा व्यस्त भए । जिल्लामा विभिन्न संघसंस्थाद्धारा आयोजित छलफल, भवन शिलान्यास तथा उद्धघाटन लगायतका आधादर्जन कार्यक्रममा उनि बिहान देखि बेलुकासम्मै व्यस्त भएका हुन् । हरेक भाषणमा समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य प्राप्तिका लागि आफु प्रतिबद्ध रहेको बताउने मन्त्रि गुरुङले सोमबार बिहानै ६ बजे एक छलफल कार्यक्रममा सहभागी भए । त्यस लगत्तै मानव अधिकार सुनिश्चिताको लागि लामो समयदेखि निरन्तर सक्रिय हुदैँ आएको नागरिक संस्था मानव अधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक) नेपाल दोलखाको २९ औँ स्थापना दिवसमा सहभागी भई उद्घाटन गरे । मानव अधिकार सामाजीक न्याय र पारदर्शिताको लागि हाम्रो खबरदारी, विकासको लागि स्थानीय सरकारसँग हाम्रो साझेदारी भन्ने मुल नाराको साथ आयोजित स्थापना दिवसमा संस्थाका पुर्वअध्यक्ष होम पाठकलाई सम्मान गरिएको छ । संस्थालाई उनले गरेको योगदानको कदर गर्दै सम्मान गरिएको संस्थाका अध्यक्ष अध्यक्ष उद्धब प्रसाद पोखरेलले बताए । त्यसपछि जनसहभागितामा आधारित गौरीशंकर बहुमुखी क्याम्पासको नयाँ भवन उद्घाटन, नयाँ भवनको शिलान्यास एवम् पुरस्कार वितरण कार्यक्रममा मन्त्री गुरुङ सहभागी भए । उनले क्याम्पासको नयाँ भवन उद्घाटन र शिलान्यास गरे । भवन उद्घाटन तथा शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले जिल्लाको शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउन क्रियाशिल गौरीशंकर क्याम्पासले सेवासुविधालाई थप सुदृढ बनाउन क्याम्पस सञ्चालक समितिलाई निर्देशन दिए । साथै उनले स्मार्ट दोलखा अभियानमा जिल्लाका सबै विद्यालय र स्वास्थ्य संस्था र वडा कार्यालयहरुलाई समावेश गरिएको बताए । त्यस कार्यक्रम समापन पश्चात मन्त्री गुरुङले सोमबारै नवस्थापित राष्ट्रिय समाचार समिति (रासस)को सम्पर्क कार्यालय दोलखाको अवलाेकन गरेका थिए । अवलाेकन पश्चात मन्त्री गुरुङले सम्पर्क कार्यालयबाट जिल्लाका गतिविधिका समाचार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने विश्वास व्यक्त गर्दै राससलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका थिए । दाेलखामा रासस सम्पर्क कार्यालयको प्रमुखमा पत्रकार प्रभु जिरेल रहेका छन् । त्यस लगत्तै दिउँसो सदरमुकाम चरिकोट स्थित सीमपानीमा स्थापना गरिएको रेडियो नेपालको रिले स्टेशनको उद्घाटन समारोहमा सहभागी भए । रिले स्टेशनको उद्घाटन गर्दै उनले सही सूचनाबाट देशभरिका श्रोता सुसूचित हुनेमा आफू विश्वस्त रहेको बताए । चैत्र ९ गतेबाट परिक्षण प्रसारणमा रहेको रेडियो नेपाल एफएम सोमबारदेखि नियमित प्रसारण सुरु भएको छ । त्यसपश्चात मन्त्री गुरुङ जिल्ला समन्वय समिति दोलखाको पाँचौ जिल्ला सभामा सहभागी भएका थिए ।

Shares

Be the first to comment on "मन्त्री गुरुङ गृह जिल्लामा व्यस्त"

Leave a comment

Your email address will not be published.


*