मन्त्री गुरुङद्धारा सपथग्रहण,बाल विवाह अन्त्यको कार्ययोजना

चरिकोट(दीस)– महिला वालवालिका तथ जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले आफ्नो पद तथा गोपनियताको सपथ लिएका छन । सपथ ग्रहण लगत्तै गुरुङले सिंहदरबार स्थीत कार्यकक्षमा पुगेर पद भार ग्रहण गरेका छन । गुरुङले २ महिना भित्र बाल विवाह अन्त्यको कार्ययोजना बनाउने प्रस्ताव ल्याएका छन । २०७४मा भएको प्रतिनिधी सभा निर्वाचनमा दोलखाबाट तत्कालिन नेकपा एमाले बाट गुरुङ निर्वाचित भएका हुन । गुरुङ दोलखाबाट मन्त्री हुने तेस्रो व्यक्ती हुन । यस अघि नेपाली कांगे्रसका भिम बहादुर तामाङ कानुन तथा न्याय र तत्कालिन नेकपा एमालेबाट आनन्द प्रसाद पोखरेल पर्यटन मन्त्री भएका थिए । गुरुङको जन्म विक्रम संम्वत २०२५ सालमा दुर्गम क्षेत्र मानिने सुरी दोलखामा भएको हो । उनको बुबाको नाम मकरध्वज गुरुङ र आमाको नाम जीतमाया गुरुङ हो । उनले राजनीति शास्त्रमा स्नातक तहसम्मको अध्ययन गरेका छन् । २०३७ सालमा विद्यार्थीकालमा अनेरास्ववियु मार्फत राजनीति सुरु गरेका उनी अनेरास्ववियु दोलखाको पहिलो जिल्ला कमिटीको सदस्य हुन् । उनले दोलखा जिल्ला विकास समितिको सदस्य भएर पनि काम गरे । गुरुङ पुर्व एमालेको गाउँ कमिटी सचिव, ईलाका कमिटी सचिव, जिल्ला कार्यसमिती सदस्य, सचिवालय सदस्य निर्वाचन क्षेत्रीय कमिटी संयोजक, जिल्ला अध्यक्ष, राष्टिय प्रतिनिधि परिषद सदस्य, अञ्चल कमिटी हुँदै २०७० मा प्रत्यक्ष सांसद । २०७४ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा गुरुङ दोलखाबाट मुलुककै सर्बा्धिक मतान्तर सहित बिजयी बन्न सफल भए ।

Shares

Be the first to comment on "मन्त्री गुरुङद्धारा सपथग्रहण,बाल विवाह अन्त्यको कार्ययोजना"

Leave a comment

Your email address will not be published.


*