मन्त्री खड्कालाई दोलखामा स्वागत

चरिकोट (दीस) – बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री विशाल खड्कालाई शनिबार दोलखाका बिभिन्न संघ संस्थाले बधाई तथा शुभकामना दिएका छन् । मन्त्रीमा नियुक्त भएपछि दोलखामा आउनु भएका मन्त्री खड्कालाई स्वागत तथा कार्यकालको शुभकामना दिएका हुन् । मन्त्री खड्काले दोलखामा निर्माणाधीन प्रस्तावित अन्तरराष्ट्रिय चलचित्र नगरीलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताउनु भयो । प्रेस सेन्टर नेपालले चरिकोटमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खड्काले सो प्रतिबद्धता जनाउनु भएको हो । दोलखाको भीमेश्वर नगरपालिका– ९ को डाङ्डुङ्गे डाँडामा प्रस्तावित अन्तराष्ट्रिय चलचित्र नगरीमा प्रशासनिक भवन तथा गेट निर्माणका लागि बागमती सरकारले चाँलू आर्थिक वर्षमा ३ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खड्काले ठेकेदार कम्पनीको लापरवाहीले विगत ६ वर्षदेखि अलपत्र मुडे–चरिकोट सडक खण्ड अहिले पूनः बनाउन लागे जस्तो देखिएतापनि आफूलाई यो ठेकेदारले काम सम्पन गर्छ भन्ने नलागेको बताउनु भयो । दोलखामा भम्रण सकेर काठमाडौ फर्केपछि अर्थमन्त्रीसँग छलफल गरेर बजेटको सुनिश्चता गर्दै सडकको ठेक्का रद्ध गरेर नयाँ ठेक्काको लागि पहल गर्ने उहाँले प्रतिबद्धता जनाउनु भयो । अब आफूले सडक निर्माणका लागि जिम्मेवार निकायका पदाधिकारीहरुसँग बसेर सडक कसरी छिटो सम्पन्न गर्न सकिन्छ भन्ने बारेमा छलफल गरी निकाश दिनेतर्फ समन्वय गर्ने उहाँको भनाई छ । उहाँले बन क्षेत्रमा रहेको समस्या समधान गर्न आफुले सक्दो सुधार गर्ने बताउनु भयो । उहाँले मुडे मेलुङ सडकको स्तरउनोतीको लागि आफुले पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ । बाँदरलगायतका वन्यजन्तुहरुले कतिपय ठाउँमा स्थानीयहरुको उठीवास लगाएकोले यसतर्फ के गर्न सकिन्छ नीतिगत निर्णय गर्न सहभागीहरुले उनको ध्यानाकर्षणसमेत गराउनु भएको थियो । पत्रकार सम्मेलन अघि डिभिजन वन कार्यालय दोलखामा कर्मचारीहरुसँग संक्षिप्त भेट गरेका खड्काले उक्त अवसरमा कर्मचारीहरुलाई उच्च मनोवलका साथ कानून बमोजिम काम गर्न निर्देशन दिनु भएको थियो । भेटघाटका क्रममा कार्यालयले गरेका कामहरुको संक्षिप्त विरण तथा समस्याका वारेमा डिभिजन प्रमुख शिव सापकोटाले मन्त्रीलाई जानकारी गराउनु भएको थियो । शनिबार नै मन्त्री खड्का दोलखाका विभिन्न संस्थाले शुभकामना दिए । आजसम्म उहाँको दोलखामा बसाई रहेको बताइएको छ । उहाँलाई मुख्य मन्त्री राजेन्द्र पाण्डेले यो साता मात्र मन्त्रीमा नियुक्त गर्नु भएको थियो ।

Shares

Be the first to comment on "मन्त्री खड्कालाई दोलखामा स्वागत"

Leave a comment

Your email address will not be published.


*