काठमाडौँ, २१ चैतः मध्यपश्चिम विश्वविद्यालयको रिक्त उपकुलपतिमा दरखास्त दिएकामध्ये १० जनाको आवेदन स्वीकृत भएको छ । उपकुलपति छनोट तथा सिफारिस समितिले प्रकाशन गरेको सूचना अनुसार प्रा डा कविप्रसाद पोख्रेल, प्रा डा केशरसिह राना, प्रा डा देवबहादुर खड्का, प्रा डा धु्रवकुमार गौतमको आवेदन स्वीकृत भएको छ । साथै प्रा डा नन्दबहादुर सिंह, प्रा डा विनयकुमार मिश्र, प्रा डा भोलानाथ शर्मा घिमिरे, प्रा डा मुकुन्दप्रकाश क्षेत्री, प्रा डा यमबहादुर कार्की र प्रा डा शोभखर कँडेलको आवेदन पनि स्वीकृत भएको छ । आवेदन दिनेमध्ये एक उम्मेदवारको नाम मापदण्डभित्र नपरेकाले अस्वीकृत भएको छ । स्वीकृत उम्मेदवारहरुलाई यही चैत २७ भित्र विश्वविद्यलयसम्बन्धी आफ्ना सोचपत्र (भिजनपेपर) र विश्वविद्यालयको चार वर्षे कार्ययोजना (प्रोफेसनल वर्क प्लान) पेस गर्न समितिले आग्रह गरेको छ । तत्कालीन उपकुलपति प्रा डा नन्दबहादुर सिंहको कार्यकाल गत फागुन १७ गते सकिएको थियो । —
मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा दस जनाको आवेदन स्वीकृत
Posted By: दीक्षण दैनिक २१ चैत्र २०८०, बुधबार १२:३४
५ आश्विन २०८१, शनिबार २१:२७
चरिकोट स्थित सातदोबाटोमा फेला परेको मृगको उद्धार
५ आश्विन २०८१, शनिबार १८:३८
सुविधामा विभेद गरेको भन्दै माथिल्लो तामाकोशीका कर्मचारी आन्दोलित
५ आश्विन २०८१, शनिबार १८:२७
एक महिने मोटरसाइकल तालिम सम्पन्न
५ आश्विन २०८१, शनिबार १८:२९
प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल
६ आश्विन २०८१, आईतवार ०८:०२
Be the first to comment on "मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा दस जनाको आवेदन स्वीकृत"