मजदुरहरुको माग ः ‘भ्याक्सिन’ लगाइदेउ

इश्वर बिश्वकर्मा
चरिकोट, असार १५
दोलखाका मजदुरहरुले जीवन रक्षाका लागि कोभिड बिरुद्धको खोप लगाइदिन माग गरेका छन् । कोरोनाबाट उच्च जोखिममा रहे पनि सरकारको प्राथमिकतामा नपर्दा खोप लगाउनबाट मजदुरहरु वञ्चित भएका छन् । मजदुरहरु कोरोना संक्रमित हुने र मृत्यु हुने क्रम नरोकिएकोले यथाशीघ्र खोपको व्यवस्था गराउन उनीहरुले माग गरेका हुन् । यो माग सहित आज नेपाल ट्रेड यूनियन महासंघ (जीफन्ट) दोलखाले जिल्ला प्रशासन कार्यालय दोलखामा पाँच बुँदे ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्रमा यातायत मजदुर लगायत सबै क्षेत्रका मजदुरहरुलाई अनिवार्य खोपको व्यवस्था गराउनुपर्ने, मजदुरहरुलाई निशुल्क उपचार हुनुपर्ने, यातायत बैँकिङ तथा वित्तिय क्षेत्र, अस्पताल, विद्यालय, क्याम्पास, सेकुरिटी मजदुर र स्वास्थ्य स्वयंसेवीहरुलाई जोखिम भत्ताको व्यवस्था हुनपर्ने माग उल्लेख गरिएको छ । त्यसैगरी कोरोनाले मृत्यु भएका मजदुरका परिवारलाई राहतको व्यवस्था गरिनुपर्ने र योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत मजदुरको अभिलेखिकरण यथासक्य गरिनुपर्ने, श्रम डेक्सको व्यवस्थान गरिनुपर्ने माग गरिएको छ । “हाम्रो प्रमुख माग तुरुन्तै खोपको व्यवस्था गरियोस् भन्ने हो । अरु माग पनि तत्काल पुरा हुनुपर्छ ।” महासंघका अध्यक्ष सागर लामाले भने “ अर्थतन्त्रको खम्बा मानिने मजदुरहरु जोखिममा छन् । उनीहरुलाई बचाएमा सरकारले अर्थतन्त्र पनि बचाउन सक्दछ । त्यसका लागि मजदुरका सम्पूर्ण माग पुरा गरिनुपर्छ ।” ज्ञापन पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी बद्री प्रसाद तिवारीले खोप उपलब्ध हुने बितिकै  खोप प्राथमिकतामा मजदुरलाई समावेश गर्ने प्रतिबद्धता जनाएका छन् । जिल्ला कोभिड १९ संकट व्यवस्थापन समिति र सम्बन्धित निकायसँगको बैठकमा मजदुरहरुको माग बारे छलफल गरिने र ती माग पुरा गराउन पहल गरिने उनले आश्वासन दिएका छन् ।

Shares

Be the first to comment on "मजदुरहरुको माग ः ‘भ्याक्सिन’ लगाइदेउ"

Leave a comment

Your email address will not be published.


*