चरिकोट(दीस)ः पूर्व अरनिको यातायात कम्पनीले अर्को यातायात सञ्चालक कम्पनी गणेश हिमाल यातायात प्रा.लि.का पदाधिकारी सहित ले आफ्ना मजदुरहरुलाई दुब्र्यवहार तथा हातपात गरेकोमा कारवाहीको माग गरेको छ । बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै पूर्व अरनिको यातायात कम्पनीले सो माग गरेको हो ।
कम्पनीद्वारा जारी विज्ञप्तिमा ओखलढुंगा जिल्लाको पलाँपु बाट यात्रु लिई काठमाडौं जाँदै गरेको पूर्व अरनिको यातायात प्रालि को बसलाई गणेश हिमाल तराई यातायात प्रालिका अध्यक्ष आत्माराम थापा सहितका टोलीले बनेपाको बुडोलमा रोकी मजदुरलाई दुब्र्यवहार तथा हातपात समेतगरी ज्यानैं मार्नेसमेत धम्की दिएको गरेको उल्लेख छ । यात्रुहरुलाई जवरजस्ति ओराली अलपत्र पार्ने काम समेत थापाको टोलीले गरेको विज्ञप्तिमा जनाइएको छ । घटनाको निश्पक्ष छानविन गरी दोषी उपर सिध्र कानुनी कारवाही गर्न पूर्व अरनिको यातायात प्रालिका अध्यक्ष केदार क्षेत्रीद्वारा हस्ताक्षरित विज्ञप्तिमा माग गरिएको छ ।
Be the first to comment on "मजदुरलाई हातपात गर्नेलाई कारवाहीको माग"