मंसिर १५ गतेबाट अखिल कप भलिवल प्रतियोगिता हुने

चरिकोट(दीस)ः अनेरास्ववियु (क्रान्तिकारी) मेलुङ गाउँपालिकाको आयोजनामा दोस्रो अखिल (क्रान्तिकारी) कप भलिवल प्रतियोगिता २०८० हुने भएको छ। “स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ मंसिर १५ र १६ गते सो कप संञ्चालन हुने भएको हो ।
अनेरास्ववियु (क्रान्तिकारी) मेलुङ गाउँपालिकाका अध्यक्ष प्रकाश दियालीले मेलुङ गाउँपलिका स्तरीय प्रतियोगितामा पालिका भित्रका करिब ८ टिम सहभागि हुने जानकारी दिनुभयो । खेल पालिकाको भुमेस्थान माध्यमिक विद्यालयको प्राङ्गणमा हुनेछ । प्रतियोगितामा विजेतालाई २५ हजार , उपविजेतालाई १५ हजार तथा तेस्रो हुनेलाई १० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले बताएको छ ।

Shares

Be the first to comment on "मंसिर १५ गतेबाट अखिल कप भलिवल प्रतियोगिता हुने"

Leave a comment

Your email address will not be published.


*