मंगल ग्रहमा भेटियो जीब रहेको प्रमाण

एजेन्सी –मंगल ग्रहमा मानिसको जीवनको सम्भावनासम्बन्धी वर्षौंदेखि बहस चलिरहेको छ। त्यही बहस सँगै मंगल ग्रहमा जी भएको फेला परेको छ । समयसमयमा मंगल ग्रहमा प्राप्त हुने प्रमाणको आधारमा वैज्ञानिकहरूले मानिसको जीवनको सम्भावनाबारे दाबी गर्दै आएका छन्। भर्खरै मंगल ग्रहमा वैज्ञानिकले एक रहस्य पत्ता लगाएका छन्। जसको कारण मंगल ग्रहमा जीवन हुने सम्भावना झन् बढेको छ . अमेरिकाको ओहायो विश्वविद्यालयका किट वैज्ञानिक र अमेरिकी अन्तरिक्ष एजेन्सी नासासँग आबद्ध डा. विलियम रोमोसरले एक अध्ययन गरेका छन्। अध्ययनमा मंगल ग्रहमा मृत कीराहरू फेला परेका छन्। कीराहरूमा साङ्ला, मौरीलगायतका कीरा रहेका छन्। डा. रोमोसरका अनुसार मंगल ग्रहबाट प्राप्त तस्बिर हेर्दा ती कीराहरूको आकृति झिंगा र सर्पसँग पनि मिल्दोजुल्दो रहेको छ।

Shares

Be the first to comment on "मंगल ग्रहमा भेटियो जीब रहेको प्रमाण"

Leave a comment

Your email address will not be published.


*