मंगलबार नेपाल बन्दको प्रभावः सार्वजनिक सवारी चलेन

दीक्षण समाचार
चरिकोट, मंसिर १
नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मंगलबार आह्वान गरेको नेपाल बन्दको प्रभाव दोलखामा पनि प¥यो । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेकपाले नेपाल बन्द गराएको हो । बन्दकर्ताहरु सडकमा नदेखिएपनि बन्दको प्रभावले जिल्लामा बिहानैदेखि लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधन नसक्दा सर्वसाधारणलाई समस्या परेको थियो । यद्यपी मोटरसाइकल, बोलेरो, ट्रक लगायतका निजी सवारी साधन भने चलेका थिए । तर अन्य दिनमा भरिभराउ र भीड हुने बजारहरुमा बन्दको दिन सवारी साधन र मानिसको चाप निकै कम थियो । त्यसैगरी शैक्षिक संस्थाको पठपाठनमा समेत प्रभाव परेको थियो । केही शिक्षण संस्थाहरुले भने बन्दको अवज्ञा गर्दै पठनपाठन सुचारु राखेका थिए । जिल्लाको चरिकोट, सिंगटी, मैनापोखरी, जिरी लगायतका मुख्य बजारका पसलहरु निर्वाध सञ्चालनमा थियो ।
बन्दमा अप्रिय घटना हुन सक्न्ने सम्भावनालाई दृष्टिगत गर्दै चोकचोकमा सुरक्षाकर्मी तैथान थिए । सोही कारण पनि बन्दकर्ताहरु सडकमा आउन नसेकोले अप्रिय घटना नभएको प्रहरी निरीक्षक अञ्जन कोइरालाले बताउनुभयो । पेट्रोलियम तथा खाद्यवस्तु जस्ता अत्यावशयक वस्तुमा मूल्यवृद्धि गरेको भन्दै नेकापले बन्द आह्वान गरेको थियो । चरिकोटका कुल बहादुर तामाङले माग जायज भएपनि बिरोध गर्ने शैलीले जनतालाई सास्ती भएको गुनासो गर्नुभयो ।
नेपाल बन्दले सरकारको ध्यान केन्द्रित हुन सक्ने भएपनि जनतालाई समस्या हुन्छ । वन्दको विकल्पमा अन्य विधि र शैली अपनाएर राज्यको दायित्व सम्झाउन सकिन्छ । “हो जनताको ढाड सेक्ने गरी दैनिक उपभोग्य वस्तुको मूल्य बृद्धि गरिएको छ । यसमा जनताको असन्तुष्टि रहने नै भइहाल्यो ।” उहाँले भन्नुभयो “तर नेपाल बन्द गर्दा त झन् समस्या भैगो नि ।”

Shares

Be the first to comment on "मंगलबार नेपाल बन्दको प्रभावः सार्वजनिक सवारी चलेन"

Leave a comment

Your email address will not be published.


*