भ्रष्टाचार आरोपमा सिङ्गापुरका पूर्वमन्त्रीलाई जेल सजाय

सिङ्गापुर, १७ असोज (रासस/एएफपी) :सिङ्गापुरका एक पूर्वमन्त्रीलाई न्यायमा बाधा पुर्‍याएको र गैरकानुनी रुपमा उपहार स्वीकार गरेको अभियोगमा बिहीबार १२ महिनाको जेल सजाय सुनाइएको छ । फर्मुला वनलाई सिङ्गापुरमा ल्याउन मद्दत गर्ने पूर्व यातायातमन्त्री एस ईश्वरनलाई यस वर्ष ३५ वटा आरोप लगाइएको थियो । विश्वको सबैभन्दा कम भ्रष्टचार हुने देशमध्येको एक देशको रूपमा उद्धृत गरिएको सिङ्गापुरमा उक्त आरोप भ्रष्टाचारसँग सम्बन्धित थियो। इश्वरनको सजाय अभियोजन पक्षले अनुरोध गरेको छ देखि सात महिनाको भन्दा बढी गम्भीर थियो, जुन उच्च अदालतका न्यायाधीश भिन्सेन्ट हुङले सार्वजनिक विश्वासमा मुद्दाको प्रभावलाई ध्यानमा राख्दै “स्पष्ट रूपमा अपर्याप्त“ हुने बताएका थिए। “सार्वजनिक संस्थाहरूमाथिको विश्वास र भरोसा प्रभावकारी शासनको आधार हो । एउटा सरकारी कर्मचारी निष्ठा र जवाफदेहिताको मापदण्डभन्दा तल झरेको जस्तो देखिने मुद्दामा उक्त सजायँ अझै कम हो जस्तो लाग्छ,“ हुङले बिहीबार सजाय सुनाउँदै भन्नुभयो। गत हप्ता ईश्वरनलाई न्यायमा बाधा पु¥याएको र अवैध उपहार स्वीकार गरेको अभियोगमा दोषी ठहर गरिएको थियो । अभियोजनकर्ताहरूले एक अर्बपति घरजग्गा व्यवसायीसँग सम्बन्धित केही सहितकेवल पाँच वटा कमजोर आरोपहरू अघि बढाएका थिए। स्थानीय सञ्चारमाध्यमका अनुसार उहाँको प्रतिरक्षा टोलीले ईश्वरनलाई अक्टोबर ७ देखि लागु हुनेगरी जेल सजाय सुनाउन माग गरेको छ । अदालतले ६२ वर्षीय उहाँलाई त्यस दिन अपरान्ह ४ बजे स्टेट्स कोर्टमा आत्मसमर्पण गर्न आदेश दिएको थियो । तीन लाख अमेरिकी डलरभन्दा बढी मूल्यका उपहार स्वीकार्नेजस्ता आरोपबारे औपचारिक रूपमा सूचित भएपछि ईश्वरनले जनवरीमा राजीनामा दिनुभएको थियो । उहाँले राजीनामा पत्रमा अदालतमा आफुमासथको आरोपबारे सफाइ दिने बताउनुभएको थियो । ईश्वरनले सरकारलाई करिब दुई लाख ९५ हजार अमेरिकी डलर नगद, ब्रोम्पटन साइकललगायतका उपहार समेत फिर्ता दिइएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । ईश्वरनले सिंगापुरका धनाढ्य होटल व्यवसायी ओङ बेङ सेङको खर्चमा एक बिजनेस क्लासको उडानको अनुसन्धान गर्न सिंगापुरका अधिकारीहरूलाई रोक्ने प्रयाससँग सम्बन्धित मुद्दामा बाधा पु¥याएको आरोप लगाइएको छ। अन्य चार आरोप होटल प्रोपर्टीज लिमिटेडका प्रबन्ध निर्देशक ओङ र एक निर्माण कम्पनी लुम कोक सेङका शीर्ष निर्देशक ओङबाट ह्विस्की र गल्फ क्लबका बोतलसहित उपहार प्राप्त गरेको सँग सम्बन्धित छन् । उक्त मुद्दामा कुनै पनि व्यवसायीले सजाय भोगेका छैनन् ।

Shares

Be the first to comment on "भ्रष्टाचार आरोपमा सिङ्गापुरका पूर्वमन्त्रीलाई जेल सजाय"

Leave a comment

Your email address will not be published.


*